एमाले नेता अर्याल र नगर प्रमुख थापा विच चल्यो फेसबुकमा जुहारी

Kandara News
प्रकाशित : २०७९ माघ ९ गते १८:४८

एमाले नेता अर्याल र नगर प्रमुख थापा विच चल्यो फेसबुकमा जुहारी -पाल्पा पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमण थापा र एमाले नेता शिव अर्याल बिच फेसबुकमा जुहारी चलेको छ । बैशाखमा भएको स्थानिय तहको चुनाबमा एमालेको तर्फ बाट रामपुर नगरपालिकाका मेयरमा उम्मेद्बारी दिएका एमाले नेता शिव अर्याले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । उनले घुमाउरो पारामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा प्रती कट्टाक्ष गर्दै मालपोत कार्यालयमा १५ हजारमा जागिर लगाईदिने भन्दै १० हजार दिईएको हो ? भन्दै प्रश्न गरेका छन । संगै उनले नगरपालिका प्रमुखले एमालेलाई भोट हाल्यौं मेरो घरमा बस्न पाउनेछैनौ भन्ने भनिएको र राती ताला खोली भित्र बसेको भन्ने कुरा आएको भन्दै अर्यालले यसको बारेमा सत्यता बाहिर ल्याउन अनुरोध गरेका छन् । अर्यालले लेखेको स्टाटसमा उत्तर फर्काउदै रामपुर नगरपालिका मेयर रमण बहादुर थापाले कानुनको विद्यार्थी र वकिल भए भन्दैमा व्यक्तिको चरीत्र हत्या गर्न गरि लेखिएको स्टाटस हरु सत्यता नभए कार्बाही गर्ने व्यवस्था छ कि छैन भन्ने प्रति प्रश्न गरेका छन् । अर्यालको त्यो पोस्टमा पक्ष र विपक्षमा विभिन्न टिकाटिप्पणी भैरहेको छ ।


प्रकाशित : २०७९ माघ ९ गते १८:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology