पाल्पाको रामपुरमा जिल्लास्तरीय भलिबल प्रतियोगीता हुने ।

Kandara News
प्रकाशित : २०७९ माघ २५ गते २०:००

पाल्पा, २५ माघ । पाल्पाको रामपुरमा जिल्लास्तरीय भलिबल प्रतियोगीता हुने भएको छ ।
तेस्रो रामपुर महोत्सव तथा ब्यापार मेला २०७९ को अवसरमा जिल्ला भलिबल संघ पाल्पा, रामपुर भलिबल संघ र रामपुर नगर खेलकुद बिकास समितिको संयुक्त आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको रामपुर उद्योग वाणिज्य संघका वणिज्य उपाध्यक्ष बिष्णु बहादुर सारुले जानकारी दिनुभयो ।

फागुन ३ गतेदेखि ७ गतेसम्म हुने जिल्लास्तरीय भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५१ हजार, दोस्रो १ लाख १ हजार, तेस्रो ५१ हजार र सान्त्वना २५ हजार नगद राखिएको रामपुर उद्योग वाणिज्य संघका महासचिव पुरुषोत्तम केसीले जानकारी दिनुभयो ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु रामतुल्सी नमुना माविको खेल मैदान बेझाडमा हुने आयोजकले जनाएको छ ।

तेस्रो रामपुर महोत्सव, हामी सबैको उत्सव भन्ने अभियानका साथ माघ २७ गतेदेखि फागुन ८ गतेसम्म हुने रामपुर महोत्सवको तयारी तीब्र बनाइएको छ ।


प्रकाशित : २०७९ माघ २५ गते २०:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology