सहिद श्री लखन थापा प्राथमिक विद्यालयको २७ अौ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०७९ फागुन २ गते २१:४०

पुर्बखोला गाउँपालिका ५ बिरकोटमा रहेको सहिद श्री लखन थापा प्राथमिक विद्यालयको २७ अौं वार्षिकोत्सब तथा अभिभावक दिवस विभिन्न खेलकुद र सांकृतिक कार्यक्रम सहित भव्य रुपमा मनाएको छ । यस कार्यक्रमका मुख्य पाहुना पुर्बखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले विद्यालयको वार्षिकोत्सब तथा अभिभाबक दिवस विद्यार्थीको अभिभाकले आआफ्नो बालबालिकाको भूत , बर्तमान र भबिष्यको बारेमा छलफल गर्ने जानकारी लिने दिने कुरा भएकोले यस विद्यालयमा आएर आ आफ्नो छोराछोरीको प्रगति बारे चासो राख्नुपर्ने कुरा राख्नु भयो । विद्यार्थीलाई धेरै भन्दा धेरै बुझाउनको लागि शिक्षकले पाठको पहिला नै पुरा तयारीका साथ योजना बनाएर जानुपर्छ शिक्षकले विद्यार्थीलाई अब पढाउने होईन सिकाउनु पर्छ भन्दै, विद्यालयबाट दिने शिक्षामा हरेक समाजको बालबालिकाहरु घुलमिल हुनेभएकोले समाजमा रहेका व्यवहार र नैतिकताका कुराहरु देखि बालबालिकाको नराम्रो बानीहरु रोक्न समेत विद्यालय बाटै पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो । वडा नं. ५ का वडा अध्यक्ष बिष्णु कुमार पल्लीले गुणस्तरीय शिक्षाको लागि चौतर्फि विकास हुन जरुरी छ। गणपति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरे ,किसान प्राथमिक बिधालयका शिक्षिका अम्बिका सुनारी , पुर्बखोला गाउँ पालिका ईलाका प्रहरी कार्यालयका प्रमुख रमेश प्रसाद पाण्डे, स्वास्थ चौकी प्रमुख जयसरा पल्ली ,कृष्णप्रसाद श्रेष्ठ लगायतका पाहुनाहरुले शुभकामना मन्तब्य राख्नु भयो । प्रधानाध्यापक ईश्वरी प्रसाद न्यौपानेले ३२ लाख ६० हजार १ सय ८१ रुपया ९६ पैसा बराबरको आय व्यय सार्बजनिक गर्नु भयो । विद्यालयका शिक्षक मेघराज न्यौपानेको संचालन र शिक्षिका निर्मला सिंजालीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मग बहादुर दिसुवाको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०७९ फागुन २ गते २१:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology