एमालेको मिसन ग्रासरुट प्रशिक्षण पूर्वखोलामा सम्पन्न ।

भुवन सिंजाली
प्रकाशित : २०७९ फागुन ११ गते १९:१०

नेपाल कम्युनिस्ट पाटि एमाले पूर्वखाेला गाउँ कमिटीकाे अायाेजनामा मिसन ग्रासरुट ( पाटि सुदृढीकरण तथा विस्तार अभियान ) कार्यक्रम रिङ्नेरहमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य गाेकुल घर्तिले नेकपा एमालेका संगठित सदस्य देखि नेताले पनि पाटिकाे सिद्धान्त लागू गर्नु पर्छ । कम्युनिस्ट पाटिमा अालाेचना र अात्मालाेचना गर्नु जरुरी छ । समाजवादलाई अात्मसात गर्दै सुखि नेपाली समृद्ध नेपाल बनाउन सबै लाग्नु पर्ने , विचार मिलेका अन्य कम्युनिस्ट पाटिसंग सहकार्य गर्न साथै देशमा भएका मुल्य वृद्धि भ्रष्टाचार विकास निमार्णमा भएका ढिलासुस्तीकाे बारेमा पाटिले निरन्तर खबरदारी गरिएको बताउनुभयाे ।

लुम्बिनी प्रदेश कमिटीका सदस्य विष्णु अाचार्यले नेकपा एमालेकाे सिद्धान्त के हाे । कम्युनिस्ट भनेको के हाे । एमालेले अघि बढाएको समाजवाद कसरी लागू गर्ने । एमाले देश विकासमा गरेका काम र स्थानीय तहमा रहेको समस्या पहिचान गर्ने साथै टाेल टाेलबाट सल्लाह सुझाव लिने दिने गरि मिसन ग्रासरुट कार्यक्रम संचालन गरेको बताउनु भयो ।

पाल्पा जिल्ला कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले देशमा अस्थिर सरकार बनिरहेको र नेतृत्व परिवर्तन भइरहने हुदा लुम्बिनी प्रदेशले साेचे जस्तो काम गर्न नसकेको बताउदै ५ वर्ष भित्र स्थानीयकाे माग सल्लाह सुझाव अनुसार भाैतिक सामाजिक शिक्षा स्वास्थ्य खानेपानी लगाएको विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

जिल्ला कमिटी सदस्य दमन पाटा, नुन बहादुर थापा, विमल काफ्लेले एमाले पाटिमा अाफु कसरी? , किन? , के काे लागि? , लागेको र समाज परिवर्तनमा गरेको काम झेल्नुपरेको समस्याहरुकाे बारेमा बाेल्नु भयो ।

कार्यक्रम नेकपा एमाले पुर्वखाेला गाउँ कमिटीका अध्यक्ष जीवन अाचार्यकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ फागुन ११ गते १९:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology