सिद्धार्थ राजमार्गको बुटवल – बर्तुङ्ग सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने ।

जनक राज भट्टराई
प्रकाशित : २०७९ फागुन ११ गते १९:१४

सिद्धार्थ राजमार्ग अन्तरगतको पाल्पा बुटवल सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । फागुन १३ गते देखि १५ दिन दिउँसो र राति गरी दैनिक आठ घण्टा सडक बन्द हुने भएको हो ।
सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काममध्ये रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्नका लागि राजमार्ग बन्द गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार वैकल्पिक सडकको व्यवस्थापन गरेर विहान ११ बजे देखि २ बजेसम्म र रातिको १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागीएको हो ।
साना,हलुका र आकास्मिक सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरउन्नति गरेर मात्र राजमार्ग बन्दगरेर काम गर्न दिने निर्णय भएको छ ।


प्रकाशित : २०७९ फागुन ११ गते १९:१४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology