४१ औं मगर दिवस पूर्वखोला मा भव्य रुपमा सम्पन्न ।।

Kandara News
प्रकाशित : २०७९ फागुन १५ गते २२:५६

४१ औं मगर दिवस पूर्वखोला मा सम्पन्न भएको छ ।
पाल्पा, पूर्वखोल
४१ औं मगर दिवस पूर्वखोलामा सम्पन्न भएको छ । विभिन्न सास्कृतिक कार्यक्रम , मगरी खाना सहित फागुन १५ मा मगर एकता दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी पूर्वखोला गाउँपालिका अध्यक्ष नुन वहादुर थापाले मगर हरुको हक हितको लागि खोलिएको यो संथाले मगर हरुको भाषा र भेष जोगाउन पहल गर्नु पर्ने वताउनु भयो ।
थापाले अन्य भाषा संगै मगरी भाषाको पनि वालबालिकालाई मातृभाषाको रुपमा भाषा सिकाउन पर्ने बताउनु भयो । राज्यले विभिन्न आरक्षणको कोटाको व्यवस्थ गरेको हुदा त्यसको लागि आफुले मेहनत गरेर राज्यको हरेक ओहोदाको लागि नेतृत्व गर्नु पर्ने बताउनु भयो । थापाले आफ्नो भाषा र पहिचानलाई बिर्सननहुने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अथिती पूर्वखोला गाउँपालिका उपाद्यक्ष भागरथी भट्टराईले भाषा संरक्षण गर्नको लागि पहल गर्न सबैले पहल गर्नु पर्ने वताउनु भयो ” मैले मगर भाषा राम्रो संग बोल्न नजाने पनि बोलेका भाषा बुझ्न सकेको छु मगरी भाषा संरक्षणमा सबै मोलेर जोड दिनु पर्छ ” उपाध्यक्ष भट्टराईले बताउनु भयो सबै मिलेर यस भाषा र भेषाको सरक्षण गर्न सबैले आ-आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा अर्का विशिष्ट अतिथि पूर्वखोला गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत मन बहादुर सारुले जनजाति अन्तरगतको मगर जातिको वहुल्यता बढी रहेको बताउदै मगर समुदायको राम्रो पक्षको कुरा अनुषण गर्न अरुलाई पनि प्रोत्साहन गर्नु पर्ने र नराम्रा कामहरुलाई निरुत्साहित गर्दै जानू पर्ने बताउनु भयो ।

कार्यक्रममा वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , पूर्व वडा अध्यक्ष निलकण्ठ भट्टराई , समाजसेवी नुन बहादुर थापा लगायतले मगर दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा रामबहादुर गाहा , पदम बहादुर थापा , रोमन थापा, हुम आले लगाएतले कार्यक्रमको पाहुना हरुलाई स्वागत तथा मगरी खानाको व्यवस्थापनको लागि समन्वय गर्नु भएको थियो । कार्यक्रम खुम बहादुर पाटाको स्वागत गंगा काम्मु को संचालन र हिरा बहादुर ढेंगाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ फागुन १५ गते २२:५६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology