नयाँ वर्षमा रानिमहलमा पर्यटकको घुईचो व्यवस्थापकिय पक्ष कमजोर

जनक राज भट्टराई
प्रकाशित : २०८० वैशाख १ गते २१:१८

पाल्पा , बैशाख -१ नेपाल को ताजमहल भनेर चिनिने पाल्पा को रानिमहल नयाँ बर्ष मनाउने आन्तरिक पर्यटनले भरिभराउ भएको छ । उत्तर वाहिनी कालीगण्डकी को तटमा अवस्थित रानिमहल मा कालीगण्डकी स्नान गर्न सङ्गै ताजमहल हेर्न कै लागि घुइँचो लागेको स्थानीय बताउछ्न । पछिल्लो समय तानसेन बाट सहजै यातायात को सुबिधा भएकाले पनि आन्तरिक पर्यटक को आकर्षक को केन्द्र बनेको होटेल व्यासायी बताउछ्न ।
आज मात्रै करिब १० हजार आन्तरिक पर्यटक ले रानिमहल भ्रमण गरेको रानिमहल प्रहरी बिट का प्रमुख दधिराम कार्की ले जनाउनु भयो । वहाँ सङ्गको संक्षिप्त्त कुराकुनी मा तानसेन नगरपालिका ले कर्मचारी व्यवस्थापन नगर्दा सुरक्षा व्यवस्थापन सङ्गै दरबार को सुन्दरता को काम पनि प्रहरीले नै गर्नु पर्दा साह्रै कठिनाइ भएको बताउनु भयो ।
विभिन्न रङ्गका फूल हरु फुलेर रङ्गी चङ्गी बनेको महल को आगन तर त्यही रहेका ती पोखरी पानी बिना हुदा भने त्यो सुन्दर मुहार कुरुप जस्तो देखिएको थियो । केही समय अगाडि पुर्व प्रधानमन्त्री आउँदा पानी फोहोरा सङ्गै सुमधुर आगन देखाएको तानसेन नगर सरकार आज १० औ हजार आन्तरिक पर्यटन आउदा त्यहा केवल टिकट काट्न मात्रै व्यास्थ देखिन्थ्यो । प्रचार को भरमा हजारौं खर्च गरेर अर्घाखाँची बाट घुम्न आएका पर्यटक रमेश के सि ले यहाँको व्यास्थापन देखेर मन खिन्न पार्दै भन्नू भो कहाँ के को लागि खर्च भएको छ यो टिकट को ५० रूपिया ???
विकास को लागि साह्रै काम गरे भन्दै भाषाण गर्ने तानसेन सरकार खै के विकास भएको छ त फुल सुकेका छ्न,पोखरी सुख्खा छ्न ,दरबार परिसर मा कुनै निजि व्यासाय संचालन भएका छ्न कर्मचारी टिकट को लागि मात्रै हो त खटाएको हो कि कसो ???


प्रकाशित : २०८० वैशाख १ गते २१:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology