देवीनगरमा बारीमा लगाइएको मकैको बेर्ना उखलिएको छ ।

Kandara News
प्रकाशित : २०८० जेठ १० गते १४:२३

पूर्वखोला गाउँपालिका ४ देवीनगरमा बारीमा लगाइएको मकैको बेर्ना उखलिएको छ ।

पूर्वखोला गाउँपालिका ४ देवीनगर लमधेम बारीमा लगाइएको मकैको बेर्ना जेठ ८ गते उखलीए पछि पिडित पक्षले उचित क्षतिपुर्तीको माग सहित वडा कार्यालय देवीनगरमा निवेद दिएका छन ।
निवेदकले मकैको बीउ चाहिँएकोजती उपलब्ध नभएको र कृषि शाखाको सल्ला अनुसार भिरालो पाखामा मनकामना सेतो दोस्रो तहको मकै को बीउ छरेको बताईएको छ । मकै छरेको २ महिना हुदा सम्म कुनै जानकारी नगराइएको र एकोहोर मकै खने पश्चात् बल्ल कुरा गरेको बताइएको छ । पिडितले कृषि विज्ञ संग परामर्श गरेर उखल्न नै परेको खण्डमा उखलौला भन्दा – भन्दै जबर्जस्ती उखलिएको भन्दै आईत कुमार नेपाली र विनोद कुमार नेपालीको हस्ताक्षर सहितको निवेदन वडाकार्यालमा दिएको बताईएको छ ।
उनीहरुले उचित खोजतलासी र क्षेतिपुर्तीको माग सहित वडा कार्यालयमा निवेदन दिएका छन ।

त्यो संगै तल्लो लेमधेम र माथिल्लो लेमधेमका समुहले पनि वडा कार्यालयमा निवेदन दिइएको छ । निवेदनमा
माथिल्लो लेमधेम टोल र तल्लो लेमधेम टोलमा हेफर इन्टननेशनको पाल्पाको प्राविधिक सहयोग र पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा मकैको उत्पादन पकेट क्षेत्र अन्तरगत मनकामना पहेलो बीउ कार्यक्रम सफल पार्नको लागि जेठ ८ गते गाउँका व्यक्तीहरु भेला भै समुहको निर्णय अनुसार गाउँमा पहिलो पुस्ताको बीउ बाहेक अरु बीउ हुदा परियोजनाको योजनामा सफल नहुने हुदा पहिलो पुस्ताको मकैको बीउ बाहेक अन्य बीउ( बेर्ना) उखल्ने निर्णय गरेर उखलिएको बताईएको छ । उखल्ने क्रममा अबरोध भएको र अबरोध गर्नेलाई कार्वाही को माग सहित समुहका अध्यक्ष हुम बहादुर सिंजालीको हस्ताक्षर सहितको निवेदन वडा कार्यालयमा दिएको छ ।

पूर्वखोला -४ वडा सद्स्य भुवन सिंजालीले दुबै पक्ष राखेर छ्लफल गराउने तयारी गरेको बताउनु भएको छ ।


प्रकाशित : २०८० जेठ १० गते १४:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology