रक्तदान जीवन दान विषयमा पूर्वखोलामा वक्तित्वकला प्रतियोगिता सम्पन्न

Kandara News
प्रकाशित : २०८० जेठ १८ गते २२:१२

पाल्पा
कक्षा ११ भन्दा माथी अध्यनरत विद्यार्थी हरु बिच वक्तित्वकला पूर्वखोला ३ मा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी आयोजनमा पाल्पाली समाज अमेरिकाको सहकार्यमा भएको हो ।
रक्तदान जीवन दान भन्ने विषयमा भएको वक्तित्व कला प्रतियोगितामा ७ वटा विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम मातृभुमि मा.वि. मा अध्यनरत छात्रा निरुता परियार भएकी छन । त्यस्तै द्धितिय गणपतिका आशिष् कुवर भएका छ्न । सहभागी हरु मध्य दुई जनालाई जिल्ला भरिका पालिकाहरु बाट छनोट भएका बिच यहि जेठ ३१ गते तान्सनेमा बक्तित्त्तोकला प्रतियोगिता सहभागी हुने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सद्स्य हरि प्रसाद न्यौपानेले जानकारी गराउनु भयो ।

कार्यक्रममा सहभागी सबैलाई मायाँको चिनो प्रधान गरिएको थियो । कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले आफुले बुझेका कुरा ढुक्क र निडर भएर सहभागी भए बल्ल सफल हुने बताउदै रेडक्रस एउटा सामजिक सेवामुलक संथा रहेको बताउनु भयो ।

कार्यक्रमा निर्णयक मण्डलका संयोजक निलकण्ठ न्यौपानेले सबैको प्रस्तुती उत्तिकै राम्रो रहेदा रहदै पनि केही नम्बरले तलमाथी भएता पनि आगामी दिनमा अझ मेहेनेत गरेर सभागी हुन सबै सभागिहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम पूर्वखोला शिक्षा शाखा संयोजक लोकहरी देवकोटाको अध्यक्षतामा गणपती माविका साहेक प्र.अ तिर्थ बहादुर सारुको संचालनमा भएको हो ।


प्रकाशित : २०८० जेठ १८ गते २२:१२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology