पूर्वखोला २ जल्पामा शिक्षक र अभिभावकको अभिमुखीकरण २ दिने कार्यशाला सम्पन्न

Kandara News
प्रकाशित : २०८० जेठ २२ गते ७:४८

जल्पा वडा कार्यालय वार्षिक शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पुर्बखोला गाँउपालिका वडा नं 2 जल्पामा क्षमता अभिवृद्दिको लागि पहिलो दिन शिक्षकहरु र दोस्रो दिन अन्य सरोकारवालाको लागि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। जल्पा वडाका ५ वटा सामुदायिक विद्यालयका ५४ जना शिक्षकहरु सहभागी रहेको कार्यक्रममा प्रशिक्षक राम प्रसाद ढकालले शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरुको सक्रियता र सिर्जनात्मक भुमिका हुनुपर्ने बारेमा सहजीकरण गर्नु भयो। त्यस्तै गरि विद्यालय व्यवस्थापन समिती ,अभिभावक संघ गरि ३१ जना सहभागी रहेको दोस्रो दिनको सेशनमा शम्भु मा.वि. का प्र अ चित्र बहादुर कवर , वडाध्यक्ष नीर बहादुर सारुले ,सरोकारवालाहरुले आफ्नो बालबालिका प्रतिको कर्तब्य, जिम्मेवारी ,र भुमिकाको बारेमा सहजीकरण गर्नु भयो । शैक्षिक गुणस्तर वृद्धिको लागि बर्सेनि योजनामा यस्ता कार्यक्रम राखिनु पर्ने वडा अध्यक्ष नीर बहादुर सारुले बताउनु भयो। यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने छ । दोस्रो दिनको कार्यशाला शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले सहजिकरण गर्नुभएको थियो ।


प्रकाशित : २०८० जेठ २२ गते ७:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology