शैक्षिक सुधारको लागि सरोकारहरू विचको वृहत अन्तरक्रिया कार्यक्रम सिलुवामा सम्पन्न

कृष्ण प्रसाद पंगेनी
प्रकाशित : २०८० जेठ ३२ गते २१:२८

पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवा भित्र का विद्यालयहरूको आयोजनामा पूवखोला गाउँपालिका वडा नं १ सिलुवा जनमार्ग माध्यमिक विद्यालयको सभाहलमा शैक्षिक सुधारका लागि विद्यालयका शिक्षक, विधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन वहादुर थापा रहनु भएको थियो। उहाँले वि्यालय सरोकारवालाहरु सबै मिलेर मात्र सफल विद्यालय बनाउन सकिने कुरामा जोड दिनुभएको थियो। यस्ता कार्यक्रमले शिक्षाको गतिविधिमा थप टेवा पुग्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई रूपन्देही का प्रमुख तथा वरिष्ठ प्रशिक्षक श्री दिपेन्द्र ढकाल ले अभिमुखीकरण तथा छलफल कार्यक्रम मा सहजिकरण गर्नुभएको थियो। उहाँले विद्यालय विकासका लागि आवश्यक सम्पूर्ण पक्षमा छलफल चलाउनु भएको थियो।
कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका इकाई प्रमुख महेन्द्र सुवेदीले शिक्षाको सर्वपक्ष राम्रो बनाउन सके बल्ल शिक्षाको गुणस्तर वृद्धि गर्न टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य रितमान श्रेष्ठ, पूवखोला गाउँपालिका शिक्षा शाखा प्रमुख लोकहरी देवकोटा लगायतले कार्यक्रम सफलताको शुभकामना सहित आ आफ्नो भनाई राख्नु भएको थियो।

पूवखोला गाउँपालिका वडा नं 1 सिलुवामा रहेका विद्यालयका शिक्षकहरु , व्यवस्थापन समिती , अभिभावक संघ , सरोकारवाला हरु गरि करिब २०० जनाको उपस्थित रहेको थियो । विद्यालयका विद्यालयका सरोकारवाला बिच भएको अभिमुखीकरण तथा छलफल कार्यक्रम पूवखोला गाउँ पालिका वडा नं १ सिलुवाका वडा अध्यक्ष तथा जनमार्ग माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री गिरीमान आलेको अध्यक्षता, जनमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री श्याम वहादुर दिशाको स्वागत मन्तव्य तथा अकला आधारभूत विद्यालयका शिक्षक कृष्ण प्रसाद पंगेनी को संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० जेठ ३२ गते २१:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology