पूर्वखोला गाउँपालिका जल्पाले गर्यो जेष्ठ नागरिक सम्मान

मायाँ राना
प्रकाशित : २०८० असार ४ गते २०:३३

पाल्पा- जिल्लाको पुर्बखोला गाउपालिका वडा न २ जल्पाले ६० बर्ष पुगेका ३० जना जेष्ठ नागरिकहरुलाइ एक औपचारिक कार्यक्रम गरि सम्मान गरेको छ । वडाले सामाजिक काममा योगदान पुर्याउदै आउनु भएका नागरिकहरुलाई सम्मान पत्र र दोसल्ला सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले जेष्ठ नागरिकहरूले गरेको सेवा र योगदानको कदर गर्दै उहाहरूबाट धेरै कुराहरु सिक्नु पर्ने बताउनुभयो ।

नयाँ पुस्तालाई संस्कार,सीप, आफ्ना अनुभवहरु लिपिबद्द गरि संरक्षण र पुस्ता हस्तान्तरण गर्न र उर्जाको स्रोत बनेर सामाजिक काम सहयोग पुर्याउन जेष्ठ नागरिकको भुमिका अमुल्य हुने बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथी पुर्बखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले सम्मानित नागरिकहरु प्रती सम्मान व्यत्त गर्दै आगामी दिनमा समाजसेवा गर्दै सम्मानजनक तरिकाले जीवनयापन गर्न शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथी भागिरथी भट्टराई , शिक्षक प्रतिनिधि टोलसरि राई,जेष्ठ नागरिक, पुर्ब शिक्षक रमेश खनाल, रन बहादुर रखाल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रम पुर्बखोला गाउँपालिका वडा न २ जल्पा वडा अध्यक्ष नीर बाहादुर सारुको अध्यक्षता र कर्मचारी हुम बहादुर झेडिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८० असार ४ गते २०:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology