पुर्वखोला गाउँपालिकाको तेर्हौ गाउँसभाको दोस्रो बैठक बसि गाउँसभा सम्पन्न

डिल्लीराज पंगेनी
प्रकाशित : २०८० असार २९ गते ६:४६

पुर्वखोला
पूर्वखोला गाउपालिकाले शिक्षा , स्वास्थ्य , स्वरोजगार , सडक ,कृषि , खानेपानी लगायतको विषयलाई महत्त्व राख्दै जम्मा ४७ करोड ६७ लाख ३ हजार ३८५ रुपैया बराबरको बजेट पारित गरेको छ।

गाउँपालिकाले सडक मार्गको वर्गीकरण , व्यवसायीक क्षेत्र , खानि तथा खनिज क्षेत्र , नदि,खोला,ताल,सिमसार क्षेत्र , सार्वजनिक उपयोगको सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व क्षेत्र , कृषि उत्पादन क्षेत्र आवासिय क्षेत्रको वर्गीकरण गरेको छ ।
अन्य ठाउँबाट गाउपालिका भित्र बसाइँसराइ गरि आउनेलाइ निशुल्क दर्ता गर्ने यस गाउपालिकाबाट अन्यत्र बसाइँसराइ जानेलाई रु १ हजार सिफारिस शुल्क लिने र अन्य शुल्कमा भने गत वर्षको शुल्कमा समान्य हेरफेर गरेको छ ।
यस वर्ष १५ शैयाको हस्पिटल पूरा गर्ने , गाउपालिकाको प्रशासकीय भवन पूरा गर्ने , सिलुवा र जल्पा वडाको स्वास्थ्य चाैकि भवन सुरु गरि सम्पन्न गर्ने , गाउपालिका भित्रका सबै मोटरबाटो बाह्रै महिना संचालनमा ल्याउने , युवाहरुलाइ स्वरोजगार बनाउने , कक्षा ११ र १२ का छात्रालाई छात्रवृत्ति वितरण गर्ने , कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने , स्वास्थ्य चौकिमा सुत्केरी हुनेलाई सुत्केरी प्रोत्साहन भत्ता उपलब्ध गराउने , महिलाहरुको लागि तिज गित प्रतियोगिता , १६ दिने लैङ्गक हिम्सां र नारि दिवस कार्यक्रम गर्ने , शिक्षकहरुलाइ विषयगत तालिमको व्यवस्था गर्ने , बालबालिकाको क्षमता विकास कार्यक्रम गर्नको लागि बजेटको व्यवस्था गरेको छ ।

गाउपालिका भित्र करारमा कार्यरत सबै कर्मचारीहरुको लागि ६ महिना म्याद थप गरेको छ। मा वि तहमा कार्यरत लेखापाललाई मासिक २० हजार पाउने र विद्यालयका निजि शिक्षकहरुले हाल खाइपाइ आएकोमा मासिक २ हजार थप गर्ने इसिडि कक्षा हेर्ने शिक्षकलाइ मासिक १७ हजार २ सय दिनेको लागि बजेट विनियोजन गरेको छ।

६ वटा वडालाई ६० लाखको दरले र शिक्षा शाखाको लागि २ करोड २० लाख स्वास्थ्य शाखाको लागि ५० लाख कृषि शाखाको लागि ३० लाख पशु शाखाको लागि २० लाखको दरले बजेट व्यवस्थापन गरेको छ।
वडा नम्बर १ सिलुवाका अध्यक्ष गिरमान अालेले बजेट भाैगाेलिक र जनसंख्याको अाधारमा विनियोजन हुनुपर्ने विचार राख्नु भयो।


प्रकाशित : २०८० असार २९ गते ६:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology