प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि निगमको जहाज आज राति ११ बजे इजरायल जाँदै

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०८० असोज २४ गते १४:२१

काठमाडौं, २४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज बेलुका नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको छ ।
नेपालीको उद्दारमा ढिला भइरहेको गुनासोबीच बुधबार विहान प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्दारका लागि आज कुनै हालतमा पनि विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने बताएको छ ।
इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले कुनै कसर बाकि नराख्ने बताउदै प्रधानमन्त्री प्रचण्डले नेपालीको उद्धारका लागि सबै तयारी गर्न निर्देशन दिदै आएका छन्।


प्रकाशित : २०८० असोज २४ गते १४:२१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology