निस्दीमा एकीकृत घुम्ती शिविर हुने

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०८० मंसिर १६ गते १८:००

पाल्पा, सहलकोट
२०८० मङ्सिर १६ निस्दी गाउँ पालिकाको सबै वडामा एकीकृत घुम्ती शिविर संचालन हुने भएको छ।
निस्दी गाउँ पालिकाका सेवाग्राहीहरु पालिका सम्म आउनजान असहज हुने भएकोले सेवाग्राहीको सुविधालाई मध्यनजर गरि घर घरमै गएर सेवा प्रदान गर्दै निस्दी बासीहरुमा कार्यगत सहज बनाउने लक्ष्यसाथ शिविर सन्चालन गर्न लागेको गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।
शिविरमा योजना सम्झौता , व्यवसाय दर्ता तथा नवीकरण, आखा जाच , स्वास्थ्य परिक्षण सहित औषधि वितरण , भिडियो डकुमेन्ट्री प्रदर्शन , अपांग तथा जेष्ठ नागरिक परिचयपत्र वितरण र जेष्ठ नागरिक सम्मान , पञ्जिकरण , मेडपाद्वारा उत्पादित सामाग्री प्रदर्शनी ,भेटेनरी र कृषि सम्बन्धि औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिने प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष मेख बहादुर सुनारिले बताउनुभयो ।
शिविर मङ्सिर १८ गतेदेखि २८ गतेसम्म चल्ने छ। उपाध्यक्ष तिरण कुमारी श्रेष्ठका अनुसार मङ्सिर १८ गते वडा नम्बर ७ ज्यामिरे, १९ गते वडा नम्बर ५ गल्धा, २० गते वडा नम्बर ३ झिरुबास, २१ गते वडा नम्बर २ सहलकोट, २६ गते वडा नम्बर १ बाकामलाङ्ग, २७ गते वडा नम्बर ६ अर्चले र २८ गते वडा नम्बर ४ मित्यालमा शिविर बस्ने छ।


प्रकाशित : २०८० मंसिर १६ गते १८:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology