रामपुरमा निस्दी कोसेली घर उद्घाटन

प्रेमबहादुर बाकाबल
प्रकाशित : २०८० पुष ४ गते २०:५७

रामपुरमा निस्दी कोसेली घर उदघाटन
सहलकोट
२०८०पौष ४ रामपुरमा निस्दी कोसेली घर एक कार्यक्रम बीच उदघाटन भएको छ।
निस्दी कोसेली घरका संयोजक अममाया मस्राङ्गिको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना प्रदेश सभा सदस्य माननीय राजु प्रसाद श्रेष्ठ रहनुभएको हो।
मुख्य पाहुना श्रेष्ठले कार्यक्रमको उदघाटन गर्नुहुदै कृषिलाई सहकारी सङ्ग जोडि उत्पादित कृषि उपज वस्तुहरुको बजारीकरणमा सुनिस्चित गर्न सके उद्यम तर्फ उद्द्त भएर स्वरोजगार बन्न सक्ने बताउनुभयो । उहाँले निस्दीमा उत्पादन भएका कृषि जन्य वस्तुको बजारीकरणमा सुनिस्चित गर्नका लागि निस्दीले यो कोसेली घर स्थापना गरेको छ। यसले रामपुर र निस्दीको सम्बन्धलाई अझ प्रगाढ गराउने भन्दै निरन्तरताको शुभकामना दिनुभयो ।
निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीमा उत्पादन भएका बस्तुहरु रामपुर लगायत अन्य स्थानहरुमा पनि बजारीकरण गर्ने उद्देश्यका साथ कोसेली घर स्थापना गरेको र यसलाई निरन्तरता दिन रामपुर बासीहरुको मुख्य भुमिका रहने बताउनुभयो ।
निस्दी गाउँ पालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा संयोजक बिमला आचार्यले गर्नुभएको हो।


प्रकाशित : २०८० पुष ४ गते २०:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology