लुम्बिनी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा भट्टराई निर्वाचित

Kandara News
प्रकाशित : २०८१ वैशाख ९ गते १९:४७

बिकाश गैरे/दोहा-कतार
“हामी परदेशीको चाहाना समृद्ध प्रदेश हाम्रो कामना”भन्ने मुल नारका साथ २०१८ सालमा स्थापना भएको लुम्बिनी प्रदेश समन्वय परिषद कतारले आफ्नो तेस्रो अधिबेशन सम्पन्न गरेको छ ।

१९ अप्रील २०२४ शुक्रबारकादिन सम्पन्न अधिबेशन बाट डिल्ली राम भट्टराई को अध्यक्षतामा ५ सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने गरि २० सदस्यीय कार्यसमिति चएन गरेको छ ।

कार्यक्रममा परिषदका सम्पुर्ण परिषद सदस्यहरू,सल्लाहकार हरु ,संरक्षक हरु सहित कतारमा स्थापित नेपाली संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम बन्द सत्र र खुल्ला सत्र गरि दुई चरणमा सन्चालन भएको थियो । खुल्ला सत्र कार्यक्रम परिषदका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा भएको थियो भने नेपाली नियोग उप प्रमुख तथा कार्यवाहक राजदुत कुमार राई रहेका थिए।

    उपस्थित अतिथिहरुको आसन ग्रहण पछि प्रमुख अतिती राईले कलसमा दियो बाली ब्यानर अनावरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रिय गान पश्चात् बिभीन्न काल खण्डमा सहिद भएका महान सहिदहरु प्रती एक मिनेट मौनधारण गरि श्रद्धाञ्जली व्यक्त गरिएको थियो भने बाल कलाकार जिया हमाले स्वागत नित्यमार्फरत स्वागत गरेकी थिईन ।

    कार्यक्रममा बोल्दै कार्यवाहक राजदुत राईले भने “हामी कतारमा रहेका श्रमिकहरुको सहजीकरण को निम्ति हरेक कुरामा सकारात्मक छौ” उनले मन्तव्यकै क्रममा विश्व को शान्तिको प्रतीक सिद्धार्थ गौतम बुद्ध जन्मेको भुमी यश पबित्र भुमी भन्दै लुम्बिनी को प्रसंश
    समेत गरेका थिए । बुद्धले पिपलको बोटमुनी बसेर बुद्धत्वो प्रप्त गरेको र आज लुम्बिनी प्रदेश समन्वय परिषद कातरले पनि तेहि पिपलको पातलाई अतिथी सत्कारको निम्ति ब्याच को रुपमा प्रयोग गरेको मा अत्यतै खुशी पनि व्यक्त गरेका थिए । उनले थप्दै भने सबैले यति पबित्र पिपलको पात प्रयोग गरेको र आफुलाई झिलिमी ब्याच नदिई तेहि पिपलको पातनै दिएको भए आफुलाई बिबेध नगरेको सम्झने बताउदै आउने कार्यसमिती सम्पुर्ण लाई बधाई पनि दिएका थिए ।

    श्रमिक बिभागका संयोजक समेत रहेका एनाआरएनए एन सी सी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थिले अहिले कतारमा हजारौको संख्यामा रहेका श्रमिकहरुलाई ठुला ठुला रोजगार दाता कमपनीले समेत सेलरी नदिई खानालाई समेत समस्या पारेको बन्दै यसतर्फ नेपाली नियोगमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन । थोरैको संख्यामा रहेका नेपाली श्रमिक पिडितहरुको लागि एनसीसीले नै खाना र टिकटको पनी वेवस्था गर्नेगरेको बताउदै फेरि पनि आफुहरुले हर तवरबाट कोशिश गरेको र अझै गर्ने बताएका थिए तर धेरै को संख्या मा एकै पटक यस्तो समस्या आउदा अली समस्ता हुने उनले बताएका थिए । सामान्या खाना खुवाउनु मात्र समस्याको समाधन नभएको बदाउदै यस्ता समस्यको समाधानको निम्ति कुटनैतिक तहबाटै पहल हुनुपर्ने उपाध्यक्ष पन्थिले बताएका थिए ।

    कार्यक्रम मा बोल्दै यस प्रदेशका संरक्षक कमलमणि गुरागाईले लुम्बिनी प्रदेश को महत्त्वको बारेमा प्रस्टाउदै सम्पुर्ण लाई एक पटक तेस ठाउमा भ्रमण पनि गरिदिनुहुन आग्रह गरेका थिए ।

    खुल्ला सत्रको समापन गर्दै परिषद तथा कार्यक्रमका अध्यक्ष बुद्ध पाण्डेले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्ण तथा कार्यक्रम सफल बनाउन पस्थित हुने सम्पुर्णमा धन्यवाद दिएका थिए ।

    कार्यक्रमामा लुम्बिनी प्रदेश समन्वय परिषद कतारले गर्ने हरेक कार्यक्रमहरुमा विभिन्न किसिम बाट सहयोग गर्नुहुने सम्पुर्ण पत्रकार तथा सहयोगी दाताहरुलाई प्रमाणपत्र प्रदान गरि समान गरिएको थियो ।

    परिषदका वरिष्ठ उपाध्यक्ष डिल्ली राम भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने महासचिव टेकराज थापाले कार्यक्रम को सहजीकरण गर्दै संस्थाको प्रगती प्रतिबेदन पनि प्रस्तुत गरेका थिए ।

    खुल्ला सत्रको समापन सङ्गै निर्वाचन समितीका सदस्य समेत रहेका केबि हमाले बन्द सत्रको कार्यक्रम सुरु गएका थिए । बन्द सत्रमा परिषदका कोषाध्यक्ष देबराज पुनले आर्थिकप्रतिबेदन पनि प्रस्तुत गरेका थिए ।
    बन्द सत्रबाट निम्न कार्यसमितीहरु सर्वसम्मत रुपले चयन भएका छन ।
    डिल्ली राम भट्टराई -अध्यक्ष
    झबिन्द्र आचार्य – उपाध्यक्ष
    टेकराज थापा -उपाध्यक्ष
    मनिषा खड्का -उपाध्यक्ष
    सजन लौडारी -उपाध्यक्ष
    देबराज पून -महासचिव
    बिबस बेलबासे -सचिव
    श्रीधर आचार्य – सचिव
    बिश्वनाथ भट्टराई – कोषाध्यक्ष
    सिताराम सुनार – सह-कोषाध्यक्ष
    नारायण बस्याल – सदस्य
    लक्षमण पौडेल – सदस्य
    बालाराम पाण्डे – सदस्य
    बिष्णु बहादुर शाही – सदस्य
    टिकाराम गौतम(अमित) – सदस्य
    शिबलाल केसि – सदस्य
    श्रीधर पौडेल – सदस्य
    दिपेन्द्र थापा – सदस्य
    शुमन गिरि – सदस्य
    चिन्तामणी भुशाल – सदस्य
    कमल अर्याल – अनुशासन संयोजक
    शंकर प्रसाद न्यौपाने -लेखा समिती संयोजक


    प्रकाशित : २०८१ वैशाख ९ गते १९:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology