पर्वत समाज कतारले वार्षिक साधारणसभा गर्दै ,यसै अवसरमा अक्षयकोषको स्थापना गर्ने

बिकाश गैरे
प्रकाशित : २०८१ वैशाख १२ गते १:३२

बिकाश गैरे /दोहा-कतार
“निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत”भन्ने मुल नाराका साथ सन २००३ सालमा स्थापना भई सामाजिक काम कार्यमा निरन्तर सेवा गर्दै आएको पर्वत समाज कतारले २६ अप्रील २०२४ शुक्रबारको दिन आफ्नो वार्षिक साधारणसभा तथा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

समाजले यसै कार्यक्रममा मुनाफा रहित जनहितकारी बहुउद्देश्यीय अक्षयकोष स्थापना पनि गर्ने समाजका अध्यक्ष रघुनाथ शर्माले कन्दरा न्युज डट कम लाई जानकारी गराएका छ्न ।

नज्मा स्थित कलिकोट रेस्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा आफ्नो साँस्कृतिक प्रस्तुति दिन अहिले बेलायतमा बस्दै आएका चर्चित लोक तथा दोहोरी गायक आरसी पौडेल अर्थात पर्वते राजा कतार आउने भएका छ्न ।

कार्यक्रममा पौडेल सङ्गै केहि महिना अघि मात्र सम्पन्न गैरआवासीय नेपाली तारा सिजन -४ का बिजेता रुस्तम तामाङ, नृत्य तर्फ प्रथम भएकी डान्सर निरु श्रेष्ठ, चर्चित कोरियोग्राफर सृष्टि श्रेष्ठ (सिम्रन) को साथै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारका कलाकार सहित करिब दुई दर्जन कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने छ ।

कार्यक्रमको सम्पुर्ण तयारी समेत पूरा भइसकेको अध्यक्ष शर्माले जानकारी समेत गराएका छन ।

कतारमा स्थापित सम्पुर्ण संघ-संस्था, बैचारिक संस्था, बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियान्ता, कलाकार तथा पत्रकार ज्युहरुलाई सबैलाई पत्राचार गरि सकेको र यदि पत्र नपाएको भए यसै समाचारलाई आधार मानी उपस्थितको लागि पनि उनले अनुरोध गरेका छन ।

कार्यक्रमा दर्शकहरुको सुबिधाको लागी विभिन्न ठाउँबाट यातायात सुबिधा सहित निशुल्क प्रवेशको व्यवस्था हुने भएकोले दोहामा रहेका सम्पुर्ण पर्वते तथा गैर पर्वते दाजुभाइ-दिदिबहिनीहरुलाई उपस्थितिको लागि आयोजक समितिले आह्वान गरेको छ ।


प्रकाशित : २०८१ वैशाख १२ गते १:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology