ताल्तुङ्ग मा.वि. ले मनायो स्वर्ण महोत्सव

जनक राज भट्टराई
प्रकाशित : २०८१ वैशाख १४ गते १९:५०

रिब्दिकोट-८ पेलाचौर पाल्पामा रहेको ताल्तुङ्ग माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन भएको छ ।

गत बैशाख ९ गतेदेखि सुरु भएको स्वर्ण महोत्सव शुक्रबार विविध कार्यक्रम गरि सम्पन्न गरिएको हो । समारोहको अन्तिम दिन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघीय साम्सद ठाकुर प्रसाद गैरेले स्वर्ण स्तम्भको अनावरण गर्दै कार्यक्रमको उद्घाघाटन गर्नु भएको थियो ।

विद्यालयले स्वर्ण महोत्सव समापनको अवसर पारी विद्यालय सस्थापक अध्यक्ष,व्यवस्थापन समितिका पूर्वपदाधिकारी, पूर्वप्रधानाध्यापक तथा शिक्षकहरू, चन्दादाता तथा दानदाताहरु, सहयोगी व्यक्तित्व,पूर्व विद्यार्थी , उत्कृष्ट नतिजा दिने शिक्षक कर्मचारी लाई सम्मानित गरेको छ । सम्मानित हुनेहरूलाई विद्यालयले प्रमाणपत्र सँगै मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा संघीय सम्सद ठाकुर गैरेले शिक्षाले समाजलाई ध्रुविकृत गरिरहेको र शिक्षामा ब्यापार भैरहेको बताउँदै समाजको भविष्य कस्तो हुन्छ भन्ने कुरा आज हामीले दिइरहेको शिक्षाले निर्धारण गर्ने बताएका थिए ।त्यस्तै सामुदायिक विद्यालयकोशैक्षिक स्तर उन्नतिको लागि आफुले हरेक समय र हरेक स्थान बाट पहल गरिरहने बताउनु भयो ।
समापन समारोहलाइ सम्भोधन गर्दै प्रदेश साम्सद वीर बहादुर राना, खेम बहादुर सारु ले भौगोलिक हिसाबले बिकट क्षेत्रमा रहेतापनि विद्यालयको शैक्षिक उत्पादन देश बिदेश नाम कमाउने भैसकेको ले आगामी दिनमा पनि अझै प्रगति को कामना गर्दै गरोस भन्दै शुभकामना ब्यक्त गर्नु भयो । कार्यक्रम मा शुभकामना व्यक्त गर्दै जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनाल ,रिब्दिकोट गाउँपालिका का अध्यक्ष नारायण कार्की,तिनाउ गाउँपालिका का अध्यक्ष प्रेम श्रेष्ठ ,तिनाउ गाउपालिका पूर्व अध्यक्ष ओम बहादुर घर्ती ,वर्डा अध्यक्ष चुरा बहादुर छहरी ले विद्यालयलाइ स्वर्ण महोत्सव को अवसरमा शुभकामना ब्यक्त गर्दै विद्यालयको शैक्षिक सुधारको लागि विद्यार्थी,शिक्षक र अभिभावक बिच त्रिकोणिय सम्बन्ध हुनु जरुरि रहेको बताउनुभयो ।
स्वर्ण महोत्सव सन्चालनको लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि दाताहरुलाइ सम्मानपत्र र मायाको चिनोले सम्मान गर्दै शिक्षक अभिभावक संघ का अध्यक्ष तथा आर्थिक समितिका संयोजक दान बहादुर कामिले हजुरहरुकै सहयोगले यो कार्यक्रम भब्य रूपमा मनाउन सकेको जानकारी दिनुभयो।
विद्यालयका सहायक प्राधानाध्यापक युबराज पोखरेल र विद्यार्थी आकृती बगालेको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयकी प्रधानाध्यापक रिता कुमारी रानाले बिस्तृत प्रतिबेदन स्वर्ण स्मारिकामा प्रकाशन गरिने जानकारी दिदै विद्यालयलाइ यो अवस्था सम्म ल्याउनुहुने सम्पुर्ण अग्रजहरू प्रती सम्मान गर्नु भएको थियो ।

राष्ट्रिय स्तरमै ख्याती प्राप्त कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुत समेत रहेको उक्त कार्यक्रम विद्यालयका ब्यस्थापन समितिका अध्यक्ष टेक बहादुर बगालेको अध्यक्षता तथा बिद्यालयका शिक्षक जनक राज भट्टराई र हुमकान्त छहरी को सन्चालनमा भएको थियो ।


प्रकाशित : २०८१ वैशाख १४ गते १९:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology