शम्भु डोंजाङ्को पहिलो पेटी परिक्षा सम्पन्न

Kandara News
प्रकाशित : २०८१ वैशाख २७ गते १३:४१

पूर्वखोला गाउँपालिका वडा न २ जल्पमा रहेको शम्भु मा.बि.मा आई टि एफ टाइकन्डोको पहिलो पेटी परिक्षा (belt test ) सम्पन्न गरेको छ। शम्भु मा. बी.डोजाङ्मा ४७ जना प्रशिक्षार्थी खेलाडीहरु सहभागी रहेका छन। जस आन्तर्गत पहेलो -हरियो डबल प्रमशन बेल्ट ४ जनाले पाएका छन, त्यस्तै गरी सेतोबाट हाफ पहेलो १५ जनाले र सेतो पहेलो पेटी २८ जनाले पाएका छन ।
लिखित र प्रयोगात्मक गरी दुई प्रकारको परिक्षा लिइएको थियो , परिक्षा सम्पन्न गर्नको लागी खेल प्रशिक्षक निरबाहादुर सारु, ज्ञान बाहादुर राना, टेक्वन्डो जिल्ला उपाध्यक्ष कृष्ण थापाले सहयोग गरेका थिए । पूर्वखोला गाउँपालिका खेल प्रशिक्षक बिष्णु बाहादुर सारुले भने खेलकुदले खेल मात्र सिकाउदैन, अनुशासन र जिबन उपयोगी , आत्म रक्षा शिप सिकाउछ, खेल स्वस्थ ‘ शिप , क्षमता, पहिचान सङं जोडिएको छ। जसले देश बिदेशमा पहिचान बनाउने माध्यम पनि खेल हो ।
माग अनुसार पूर्वखोलाको मा. बि.स्कुलहरुमा यसको प्रशिक्षण गर्ने आफ्नो जिम्मेवारी रहेको समेत सारु ले बताए ।
पूर्वखोला सिलुवाको जनमार्ग मा. बि. र देविनगरको मातृभूमि मा.बि.मा पनि यो खेल शुरु गरिने र निरन्तर खेलाउने अनि हरेक ३/३ महिनामा पेटी परिक्षा गर्ने नियम रहेको प्रशिक्षक सारुले बताए ।


 


प्रकाशित : २०८१ वैशाख २७ गते १३:४१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology