मेरोमाइक्रोफाइनान्स लघुक्ति वित्तिय संस्थाको बार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।

समिर पौडेल
प्रकाशित : २०८२ वैशाख २१ गते १४:२८

 

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि शाखा कार्यालय, रम्भा पाल्पाले बार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता अभिवृद्धि कार्याकम सम्पन्न गरेको छ । रम्भा गाँउपालिका वार्ड नं १ को भवनमा शाखा कार्यालयमा आबद्ध रहेको ५५ वटा केन्द्रका ७६ जना केन्द्र प्रमुख तथा उपप्रमुखहरू लाई उपस्थित गराइ कार्याक्रम सम्पन्न गरेको तेल्या अनुगमन कार्यालयका अनुगमन अधिकृत देवराज पाण्डेले जानकारी गराउनुभयो ।

शाखाका शाखा प्रबन्धक श्री सन्दिप रेग्मीको अध्यक्षता सम्पन्न कार्यकममा प्रमुख अतिथी रम्भा गाउँपालिकाका अध्यक्ष श्री विष्णु प्रसाद भण्डारी, विशिष्ठ अतिथी रम्भा गाउँपालिका वार्ड नं. १ का अध्यक्ष श्री इश्वरी काफ्‌ले, श्री जनकल्याण मावि शिक्षक तथा समाजसेवी श्री नारायण प्रसाद भट्टराइ, प्रहरी चौकी हुँगीका सहायक इन्चार्ज सोनु श्रेष्ठ तथा संस्थाको अनुगमन कार्यालय तेल्थाका अनुगमन अधिकृत श्री देवराज पाण्डे र शाखा कार्यालय तेल्या पाल्पाका शाखा प्रबन्धक श्री दिपक पुडासैनी अतिथी रहेको कार्यकम संस्थाको शाखा कार्यालय रम्भा पाल्पामा कार्यरत कर्मचारी श्री करिष्मा अधिकारीले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी श्री विष्णु प्रसाद भण्डारीले कार्यकमको सफलताको शुभकामना दिदै संस्थाबाट लिएको कर्जाको सहि सदुपयोग गर्दै महिलाहरूपनि आत्मनिर्भर भई व्यवसायी बन्न लघुवित्त संस्थाले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै संस्था र गाउँपालिका मिलेर समग्र आर्थिक उन्नतीका लागी सहकार्य गर्दै अगाडी बढ्‌ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै कार्यक्रमका अतिथीहरू वार्ड नं १ का अध्यक्ष श्री इश्वरी काफ्‌ले र शिक्षक तथा समाजसेवी श्री नारायण प्रसाद भट्टराइले मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले वित्तिय सेवा अन्र्तगत बिभिन्न किसिमका कल्याणकारी सुबिधा, कर्जा, बचत, रेमिटान्स लगायतका सुबिधा प्रदान गरेकोमा धन्यवाद दिदै सो सुविधाहरूबाट सम्पुर्ण स्थानीय बासिन्दाहरूले लाभ लिन अग्रसर हुनुपर्ने भन्दै संस्था स्थापना देखी नै संस्थालाई सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि संस्थासँगको सम्बन्ध सुमधुर राख्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यकमका कममा २०८१ सालको केन्द्र मुल्यांकन मार्फत उत्कृष्ट केन्द्रहरूलाई पुरस्कार वितरण तथा कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशिष्ठ अतिथी तथा अतिथीहरूलाई सम्मान गरिएको थियो ।

कार्यकमका अवसरमा शाखा प्रबन्धक तथा सभापती श्री सन्दिप रेग्मीले हाल शाखाले २०७८ सालमा स्थापना भई हालसम्म गल्याङ् नगरपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिकाका ५७० घरधुरिलाई वित्तिय सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनुभयो साथै शाखाले २८८ जना सदस्यहरूलाई रु ५ करोड १५ लाख रुपैया कर्जा प्रवाह गरि आर्थिक उन्नतीमा टेवा पुर्याएको र सदस्यहरूको रु १ करोड ६५ लाख रूपैयाँ निक्षेप संकलन गरेको बताउनुभयो ।


प्रकाशित : २०८२ वैशाख २१ गते १४:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology