पूर्वखोला २ जल्पामा वर्षातको समयमा बाढी,पहिरो का कारण अवरुद्ध भएको बाटाहरू दशैं , तिहार नजिकिँदै गर्दा बिस्तारै सफा गर्ने काम भएको छ, जल्पा को वडा कार्यालय देखि बर्मु,राक्से हुँदै गाउँपालिका जोड्ने बाटो पहिरो हटाइ खाल्डा खुल्डी पुरे संगै बाटो संचालन भएको छ , त्यस्तै गरी मैदान,साठीकोल ,तल्लो झेरुदी ,वापान,ढाेलीमारा , साकिने , टोलहरुमा पनि सफा गर्दै जाने वडा अध्यक्ष निर बहादुर सारुले बताउनु भएको छ । औषधि उपचार,दैनिक उपभोग्य सामान ओसार पसार निकै अप्ठेरो परेको थियो।बाटाे  सुधार भैए संगै उत्पादन भएका कृषि उपज बजार सम्म ल्याउन सहज हुने कृषि उद्यमी  सुरेन्द्र सारुले खुशी हुँदै बताउनु भयो। पूर्वखोला गाउँपालिकाबाट जल्पा वडा भरीको चालू सडम मर्मत सुधार योजनामा ६ लाख बिनियोजित भएको थियो सो रकम बाट काम भैरहेको वडा अध्यक्ष सारुले बताउनु भयो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७८ असोज  ६ गते १८:४८
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment