सराई फुलबारी बचत तथा ऋण सहकारीको संथाको १४ औं बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न

मायाँ बस्याल
प्रकाशित : २०७८ असोज ११ गते २२:१४

१२ असाेज , माया बस्याल
सराई फूलबारी बचत तथा ऋण सहकारी संस्थाको १४अाैं वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सहकारीका पूर्व अध्यक्ष खेमान सिं रानाले बोल्दै सहकारीले अझै उत्तरउतर प्रगति गर्दै जाने साथै अाफू मिलेर जन्माएको हुदा आफूलाई निकै माया लाग्ने र सबै मिलेर सहकारीको मर्म पूरा गर्न अाग्रह समेत गर्नु भएको थियो ।

सहकारी अध्यक्ष जगत बहादुर थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भूत पूर्व सैनिकमा कार्यरत ३५ जना सेयर सदस्य मिलेर खाेलेकाे यस सहकारीका ८ जना भूपू सैनिकले वीर गति प्राप्त गर्नु भएको छ र अहिले सहकारीमा सेयर सदस्य बढेर ३३० जना हुनुभएको छ । भने सेयर सदस्यकाे मृत्यु भएमा सहकारी बाट रु १२ हजार दिने निर्णय समेत कार्यान्वयन पनि भएको बताउनु भयो । साथै यस सहकारी भित्रका सेयर सदस्य ७० बर्ष पुगेमा सहकारी बाट सम्मान समेत गरिएकाे छ।

सहकारी व्यवस्थापक भद्र बहादुर सारुले अायव्यय विवरण सहित लेखा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको निश्पक्ष बचत १ कराेड ३१ लाख ५९ हजार ३ सय ९५ रहेको बताउनु भयो । । साथै सहकारीले सहकार्यमै सेयरसदस्यलाई ऋण लगानी गर्ने हुदा सबै सेयरसदस्य सन्तुष्ट नै भएको बताउनु भयो ।
कार्यक्रममा ७० बर्ष भन्दा बढी उमेरका शेर सद्स्य हरुलाई दोस्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमका अवसरमा कसेनी माडी कृषि सहकारी अध्यक्ष टिकाराम राना , काैडे बचत तथा ऋण सहकारी अध्यक्ष पदम बहादुर घर्ती मगर , सुवेदार टिकाराम दर्लामी , बुद्धिजीवी जनकराज शर्मा लगाएतले शुभकामना दिनु भएको थियो ।

साथै बन्दसत्रमा कार्यसमित पनि विघटन भएको छ नयाँ कार्य समिति गठन गरिएको छ जसमा जगत बहादुर थापा अध्यक्ष हुनेगरि मुख्य समिति , टिकाराम दर्लामी संयाेजक हुने गरि लेखा समित , नवल प्रसाद श्रेष्ठ संयाेजक हुनेगरी ऋण अनुगमन समिति टिकाराम राना संयाेजक हुनेगरि अनुगमन तथा सल्लाहकार समिति समेत पुर्न: गठन गरिएको छ ।
कार्यक्रम समिति अध्यक्ष जगत बहादुर थापाकाे अध्यक्षता , काेषाध्यक्ष हुमा रानाकाे स्वागत मन्तव्य र सचिव माया बस्यालकाे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७८ असोज ११ गते २२:१४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology