साथीसंग सुतेका रानाको मृत्यु ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ कार्तिक १६ गते २१:००

पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४, झडेवाका २१ वर्षीय जयबहादुर रानाको मृत्यु भएको छ । माथागढीकाे झडेवास्थित काम्मु बंगुर फारममा साेमबार साँझ सुत्न गएका राना मंगलबार बिहान अचेत अवस्थामा फेला परेका थिए ।

सोमबार बेलुकी माथागढी–३, सराई घर भएका २९ वर्षीय महेन्द्र चिदीसँगै सुत्न गएका राना मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजादा बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालका चिकित्सकले जनाएका थिए ।

 

साेमबार बिहान मृत्यु भएका राना साथी चिदीसँगै सुतेका थिए । उनको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ कार्तिक १६ गते २१:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology