वडा अधिवेशनको तयारीमा माओवादी केन्द्र,पहिलोपटक चुनावी प्रक्रियाबाट नेतृत्व छानिदै ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ मंसिर ३ गते २०:३४

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पाल्पाको सबै वडामा निर्वाचनको तयारी पुरा भएको छ । केन्द्रको मंसिर ४ गते पाल्पाको ८१ वडामा निर्वाचन सम्पन्न हुने गरी तयारी पुरा भएको केन्द्रीय निर्वाचन सदस्य चक्रव्युह थापाले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र पाल्पामा निर्वाचन सम्पन्न गर्न गाउँपालिका स्तरीय निर्वाचन समिति समेत गठन गरी काम अगाडि बढाएको थियो । सो समिति शनिबार पाल्पाका सबै निर्वाचन एकैसाथ सम्पन्न गर्न तयारी पुरा भएको बताएको छ ।

नेकपा माओवादी केन्द्र तिनाउका निर्वाचन समिति अध्यक्ष झविन्द्र ज्ञवालीका अनुसार गाउँपालिकाभित्रका सबै वडामा शनिबार निर्वाचन सम्पन्न हुने बताउनुभयो । निर्वाचनको सबै चरण पुरा भएकोले निर्धारित समयमा निर्वाचन सुरु हुने उहाँले बताउनुभयो । तिनाउ गाउँपालिकाभित्र टोल टोल माओवादीले कमिटि विस्तार गरेको छ ।

पाल्पाको पश्चिम क्षेत्रमा रहेको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका माओवादीले निर्वाचनको तयारी पुरा भएको बताएका छन् । रैनादेवी छहरा गाउँपालिका ८ र रिब्दीकोट गाउँपालिकामा ८ वडा रहेको छ । सबै वडामा माओवादी केन्द्रको निर्वाचनको पर्खाइमा रहेका हुन ।

तानसेन नगरपालिकाभित्र १४ वडामा नै एकैसाथ निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ निर्वाचन समितिका अध्यक्ष खेम न्यौपानका अनुसार कार्यकर्ताहरु सबै आफनो निर्वाचन क्षेत्र आइपुगेको बताउनुभयो ।

पुर्वखोला गाउँपालिकामा पनि भोलिको वडा सम्मेलन तथा निर्वाचनको तयारी पूरा भएको निर्वाचन समिति संयोजक थर्क बहादुर काम्मुले बताउनुभएको छ । पुर्वखोला गाउँपालिकामा १६० जना संगठित सदस्य रहेका छन ।

माओवादी आन्दोलनमा सक्रिय रहेकाहरु अहिले निर्वाचनका लागि पाल्पाका ग्रामीण क्षेत्रमा आएका छन् । माओवादी पाल्पाले अहिले झण्डै पाँच हजार पार्टी सदस्य वितरण गरेको छ । यस भन्दा अघि तीन हजारमा पार्टी सदस्य रहेको अहिले दुई हजार पार्टी थपिएको हो ।


प्रकाशित : २०७८ मंसिर ३ गते २०:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology