देविनगरका कृर्षकले खुर्सानीबाट राम्रो अाम्दानि गर्दै ।

भुवन सिंजाली
प्रकाशित : २०७९ साउन ५ गते १९:२१

देविनगरका कृर्षकले खुर्सानीबाट राम्रो अाम्दानि गर्दै

पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर वडाका कृर्षकहरुले खुर्सानीबाट राम्रो अाम्दानी गरिरहेका छन्।
मकै लकाउदा बादलले नाेक्सानी गरि मकै स्याहार्न नपाएका किसान अहिले भने खुर्सानी लगाएर धेरै अाम्दानी गरिरहेका छन् । पूर्वखाेला गाउपालिका र कृषि ज्ञानेन्द्र पाल्पाको साझेदारीमा नेफाहत जातकाे खुर्सानीकाे बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।देविनगर वडाको २ सय ३० राेपनि जग्गामा खुर्सानी लगाएको छ ।कृर्षक सम्बर बहादुर बरालले भने मकै लगाउदा मुस्किलले २०/२५ हजारकाे अाम्दानि हुने गरेकोमा खुर्सानी लागाए पछि १ लाख ५० हजार देखि २ लाख सम्म अाम्दानी हुन्छ । गत वर्ष यस सिजनमा ७० देखि ८० रुपैया सम्म बिक्री भएकाे थियोे । अहिले भने ३० देखि ४० प्रतिकिलोमा बेच्नु परेको छ। अहिलेसम्म ३ सय कुन्टल खुर्सानी बिक्री भइसकेको छ अझ ९ सय देखि १ हजार कुन्टल सम्म उत्पादन हुने देविनगर वडाका कृषि प्राविधिक अमृता भट्टराईले बताउनुभयो । देविनगरकाे खुर्सानी तानसेन, बुटवल, पाेखरा , नारायणगढ सम्म बिक्री हुने गरेको छ। देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले कृर्षककाे मागकाे अाधारमा छिटो अाम्दानि लिन सकिने कृषि ,पशु ,माछापालन जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ काम गर्ने बताउनु भएको छ।


प्रकाशित : २०७९ साउन ५ गते १९:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology