पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रवर्द्धन योजना तयारी गोष्ठी पूर्वखोलामा सम्पन्न
पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्णखोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागि योजना तयारी गोष्ठी  पूर्वखोला गाउंपालिकामा सम्पन्न भएको छ । खोपले पारेको जिवनस्तर सुधार तथा जनस्वास्थको क्षेत्रमा पालिकको गतिविधी जिल्ला भरिको अवस्थाको बारेमा छलफल तथा गोष्ठी चलेको थियो  । 
 
स्वास्थ्य कार्यालय पाल्पा  आयोजनामा भएको कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थपाको पूर्वखोला पालिकले स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएर काम गरेको र पूर्णखोप लगायत जनताको जनस्वास्थ्यको विषयमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।कार्यक्रममा पालिकाको कार्यपालिका सद्स्यहरु , स्वास्थ्य संथाका प्रमुखहरु , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बरिष्ट जन स्वास्थ्य प्रमुख डा. राजेन्द्र कुमार गिरीको अध्यक्षतामा स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत  विश्व नाथ अधिकारीको स्वागत मन्तव्य तथा पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालको संचालनमा भएको हो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ पुष  ५ गते २१:१६
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment