नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी यार्सागुम्बाको महत्त्व र जानकारी

कन्दरा सम्बादाता
प्रकाशित : २०७७ भदौ ३ गते १३:१८

यार्सागुम्बा एक बहुमुल्य जडिबुटि हो । लामा भाषामा यार्साको अर्थ आधाजीव र गुम्बाको अर्थ आधा विरूवा वा बुटी (हर्बस्भ) हुन्छ । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अंग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord “club”, ceps “head” र चिनीयाँ भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो ।

यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्साकुन्भु तथा यार्सागुन्बु भनिन्छ । यार्सागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन ।

सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि. जति लामो हुन्छ । यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समुद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ।
यार्सागुम्बाको महत्त्व र प्रयोग ~ यसको प्रयोग मिर्गौला र फोक्सोको समस्य हुँदा पनि प्रयोग गर्न सकिने बिश्वास छ।

यार्सागुम्बाको सेवनले रोगसँग लड्न सक्ने क्षमता मजबुत बनाउने, थकान मेटाउने, रगत बढाउने, कोलेस्टेरोल घटाउनेलगायत मुटुको चाल गडबडी, हेपाटाइटिस बी, रक्त अल्पता, श्वास प्रश्वास रोग, मुटु रोग र कलेजो रोगलाई पनि फाइदा पुर्याउछ । यसका साथै बुढ्यौली रोक्ने, सुगर घटाउने, यौन शक्ति , क्यान्सरविरुद्ध काम गर्ने पनि विश्वास गरिएको छ।


प्रकाशित : २०७७ भदौ ३ गते १३:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology