मञ्जु पङ्गेनीको मार्मिक आवाजमा नयाँ नेपाली लोकलाइभ गीत “खोली तार्नेले” सार्वजनिक
प्रवीण तिमल्सिना प्रकाशित : २०८३ जेठ ४ गते २०:१३
लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित गायिका Manju Pangeni को मार्मिक आवाजमा नयाँ नेपाली लोकलाइभ गीत “खोली तार्नेले” सार्वजनिक भएको छ।
उक्त गीत गायिका मञ्जु पङ्गेनीको आधिकारिक YouTube च्यानल Manju Pangeni मार्फत सार्वजनिक गरिएको हो। गीतमा नेपाली गाउँघरको परिवेश, मायाप्रेम र भावनात्मक कथा प्रस्तुत गरिएको छ।
मञ्जु पङ्गेनीको मिठो स्वर, लोकभाकाको स्वाद र लाइभ प्रस्तुतीकरणले गीतलाई अझ आकर्षक बनाएको दर्शक तथा श्रोताहरूले प्रतिक्रिया दिएका छन्। सार्वजनिक भएसँगै गीत सामाजिक सञ्जालमा समेत चर्चामा आउन थालेको छ।
नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर सक्रिय Manju Pangeni ले यसअघि पनि धेरै लोकप्रिय गीतहरू दर्शकमाझ ल्याइसकेकी छन्। नयाँ गीत “खोली तार्नेले” ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
Facebook Comment