महिलाहरुकाे महान पर्व भनेर चिनिने तीज याे वर्ष काेराेनाका कारण सुनसान बन्यो ।

माया बस्याल
प्रकाशित : २०७७ भदौ ३ गते १३:३२

विश्व भरि फैलिएकाे काेराेना भाइरसका कारण याे वर्षको तीज शून्य बनेको छ । हरेक गाउँपालिका तथा वडाहरुमा मनाईने कुनैपनि कार्यक्रम यस बर्ष हुन नसक्दा महिलाहरुमा निराशा छाएको छ । माथागढी गाउँपालिकाले पनि तीज विशेष कार्यक्रम गर्ने भनी बनाएको याेजना रद्ध गर्नु पर्दा दिदीबहिनीलाई सहयोग गर्न असमर्थ रहेको मा पालिकाकि महिला तथा बालबालिका संयाेजक पुनम चिदिले जानकारी गराउदै दुख व्यक्त गर्नु भएको छ । तथा पालिका उपाध्यक्ष निर्मला भट्टराईले कार्यक्रम गर्न नसकिए पनि पालिकाबाट महिलाका लागि विनीयाेजित बजेट महिलाहरुले गर्ने कार्यक्रमै खर्च हुने बताउनु भयो ।

उहाँका अनुसार याे वर्ष हामी दिदीबहिनी भेटघाट हुन महामारीले राेके पनि अर्को वर्ष कार्यक्रमलाई निरन्तरता दिने र पालिका बाट गर्नुपर्ने सहयोगमा अाफु सधैं प्रतिबद्ध रहेको जानकारी समेत गराउनु भएको छ । साथै वडा नम्बर ३ कसेनी महिला वडा समन्वय समिति संयाेजक भृकुटी रानाले शुभकामना दिदै सबै दिदिबहिनीलाई घरमै सुरक्षित बस्नु हाेला काेराेनाकाे महामारी हटेपछि हाम्रा कार्यक्रम गर्ने भनी जानकारी समेत गराउनु भएको छ । माथागढी ३ कसेनी अाेलेस कि महिला अभियान्ता नरमति चिदिले पनि शुभकामना दिदै अाफु पनि जन्मघर जान नपाएको महामारीलाई हामी सबै एकजुट भएर जित्नु पर्ने मा जाेड दिदै काेराेनालाई जुटेर हैन फुटेर जित्नु पर्ने बताउनु भएको छ । सबै महिलाहरुले अर्को वर्ष काेराेना हटेपछि अाफ्ना चाडपर्व मनाउने भन्दै सकारात्मक साेच राख्नु भएको मा यसलाई पालिकाका अध्यक्ष सन्तोष कुमार थापाले समेत महिलाहरूलाई शुभकामना सहित विशेष धन्यवाद दिनु भएको छ ।


प्रकाशित : २०७७ भदौ ३ गते १३:३२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology