लमजुङको बेशिसहर नगर पालिका -९ स्थित साम्दी थापा गाउँमा आज बिहानै ६ बजे चितुवाले एक बालकलाई आक्रमण गर्नासाथ नजिकै रहेका ७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरे ।![](https://www.kandaranews.com/wp-content/uploads/2020/08/117939971_3200479480044360_9139905015907783900_n-300x205.jpg)
अनि थापा र चितुवाबीच केही समय झडप भयो । साहसका साथ चितुवासँग लडेका थापाले अन्तत: चितुवालाई पराजित गरे र चितुवा घटनास्थलमा नै मर्यो । बालक सकुशल छन् । चितुवासँग लडेका थापा भने घाइते भएका छन । अहिले घाइते थापाको प्ररम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।![](https://www.kandaranews.com/wp-content/uploads/2020/08/118241775_3200479483377693_4016744796968221232_n-300x222.jpg)
प्रकाशित : २०७७ भदौ ७ गते २३:४४
Facebook Comment