पूर्वखोलाको एक विद्यालय पहिरोको जोखिममा

हुम आले
प्रकाशित : २०७७ भदौ ८ गते ९:४३

पाल्पा – लगातार परेको वर्षातका कारण पूर्वखोला-३, अर्खलडाडा जनउज्ज्वल आधारभुत विद्यालय पहिराेकाे जोखिममा परेको छ । जम्मा ३ बटा भवनमा रहेको बिध्यालयको दक्षिणी भेग तर्फ जंगसंगै जमिन भासिएर पहिरो गएको बिध्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पंगेनीले वताउनुभयो ।

उहाँले अहिले विध्यालयमा पठनपाठन नभएको र अब लगतै बिध्यालयमा पढाउने हुँदा जोखिम बढ्ने वताउनुभयो । त्यस्तै बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न -३ वडा सदस्य प्रेम नारायण पंगेनीले बिध्यालएको जोखिम बढेकाे बताउनुभयाे ।

पहिरो नियन्त्रणको लागि सबै ठाउँमा निबेदन दिने र पहिराेलाइ रोक्न पहल गर्ने बताउनुभयो । पूर्वखोला गाउँपालिका इलाका प्रहरी कार्यालयले बिध्यालयको जोखिम भएकाले ७ लाख ५० हजार बराबर क्षती भएको बताउनुभयो ।
गाउपालिका प्राबिधिक शाखा बाट २८ लाख ५० हजार बराबरको खर्च को स्टेमेट गरेको र त्यही कागजको आधारमा विभिन्न निकाय हरुमा निबेदन गरियको बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम नारायण पंगेनी ले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७७ भदौ ८ गते ९:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology