कोरोना संक्रमण रोक्न माथागढीकाे ओलेसमा निगरानी समुह गठन

कन्दरा सम्वाददाता, माया बस्याल
प्रकाशित : २०७७ भदौ १० गते १९:१९

भाद्र ९ – समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलन थालेपछी माथागढी ३ कसेनी ओलेसका नागरिकहरुले सचेतना अपनाउन थालेका छन् ।
कोरोना भाईरस समुदाय स्तरमा फैलन थालेपछी नागरिकलाई सचेत बनाउने, साबुनपानी र गुणस्तरिय साबुनपानीले हात धुने र अनिवार्य मास्कको प्रयोग गर्ने कुरामा सचेतना अपनाएका हुन् । नागरिकहरुले स्थानिय स्तरमा निगरानी गर्नका लागी खबरदारी समिति गठन गरेरै सचेतना अपनाउन थालेका हुन् ।
पाल्पा जिल्लामा अहिले निषेधाज्ञा घोषणा गरिएको छ । भदौ ५ गतेदेखी १२ गते राती १२ बजेसम्म निषेधाज्ञा घोषणा गरिएको हो । प्रहरी र स्थानिय तहले पनी आवतजावत गर्ने सवारी र व्यक्तिहरुलाई निगरानी गरिरहेको अवस्थाम नागरिक तहले पनी निगरानी गर्नको लागी खबरदारी समिति गठन गरेको ओलेस टोलका संयोजक भक्त बहादुर कामुले जानकारी दिनुभयो ।
स्थानिय स्तरमा ७ सदस्यिय खबरदारी समिति गठन गरेको कामुुले बताउनुभयो । संयोजक कामुले कोरोना भाईरस संक्रमणको बेला बिनाकाम बाहिरबाट घुम्नको लागी मात्र नआउन अनुरोध गर्नुभएको छ । जोखिमको बेला सबैजना घरभित्रै सुरक्षित अवस्थामा बसेर महामारीको अवस्था आउन नदिन सबै सचत हुनुपर्ने कामुले अनुरोध गर्नुभयो ।
समुदाय स्तरमा कोरोना फैलन थालेपछी ओलेस टोलका नागरिकहरु त्रसित भएका छन् । ओलेस क्षेत्रमा धेरै मानिसहरु बाहिरबाट घुम्न जानेको संख्या बढ्न थालेपछी नागरिकहरु संक्रमणको डरले त्रसित भएका हुन् । ओलेसका नागरिकहरुले बिनाकाम घुम्न बाहिरबाट आउने नागरिकहरुलाई रोक्न र निगरानी गर्न वडा कार्यालयमा ध्यानाकर्षण पत्र समेत पेश गरेका छन् ।


प्रकाशित : २०७७ भदौ १० गते १९:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology