पुतलीबजारको ऐतिहासिक भवन जिर्ण अबस्थामा , संरक्षणमा कसैको चासो देखिएन

दिपक गौतम
प्रकाशित : २०७७ भदौ ११ गते ०:३४

स्याङ्जा । इतिहास बोकेको सरकारी भवन जिर्ण बनेको छ । पुतलीबजार नगरपालिका वडा नम्बर ४ झौरीखेतमा रहेको यो भवन संरक्षणमा कसैको चासो नपुगेको यो भवनमा बिगतको समयमा गणेशपुर गाउँपञ्चायतहुदै गणेशपुर गा.वि.स. को कार्यालय समेत सन्चालन भएको थियो ।
जिर्ण भवन पुतलीबजार नगरपालिका वडा नम्बर ४ को मध्यभागमा रहेको छ । सार्बजनिक सम्पतीको उपभोग र संरक्षण हुन नसक्दा स्थानीयले चिन्ता ब्यक्त गरेका छन ।
पहिला पञ्चायत भवन भनेर चिन्ने गरिन्थ्यो, अहिले त्यस सरकारी सम्पती ब्याक्तीको शौचालय जस्तै बन्न पुगेको र उक्त सरकारी सम्पती मा पुतलीबजार नगरपालिका को वडा नं ४को वडा कार्यालय बनाउन हरेक किसिमले उपयुक्त देखिने स्थानीय समाजसेवीहरु बताउछन ।

वडाकार्यालयको भवन बनाउनको लागी जग्गा खोजी भईरहेको अवस्थामा यी भवनको मर्मत गरि कार्यालय सन्चालन गरे भवनको संरक्षण हुनसक्ने साथै मोटर बाटो को पनि दुबिधा रहेको स्थानीय खेमराज सुवेदी बताउछन । उनी भन्छन मैले पनि ब्यक्तिगत रुपले पटक पटक त्यसको कुनै पनि स्वरुपमा संरक्षणको लागि मौखिक अनुरोध गरे तर सुनुवाइ भएको देखिदैन । त्यस साबिक पन्चायत भवनको हालको दुरावस्था देख्दा मन दुख्छ संरक्षण होस स्थानीय जनप्रतिनिधिज्युहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।

वडानम्बर ४ का अध्यक्ष ओम खड्काले यो भवनको क्षेत्रफल न्यूनमात्रामा रहेको हुँदा अहिले वडाकार्यालय बनाउन जग्गा थोरै हुने र वडाकार्यालयको लागी हाल कार्यालय रहेको स्थानमा नै वडाको कार्यालय भवन बनाउने बताए । तत्कालै यो भवनको सदुपयोग गर्न नसकिने र नगरपालिकाले केही योजना बनाएर सामुदायिक भवन बनाएर भवनको संरक्षण गर्ने अध्यक्ष खड्काले बताए ।

सार्बजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सबैको हो स्थानीयले योजना बनाई नगरपालिकाको समन्वयमा संरक्षण गरेमा स्थानीयलाई लाभ हुने र ऐतिहासिक भवनको संरक्षण हुनेछ ।


प्रकाशित : २०७७ भदौ ११ गते ०:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology