रिङ्नेरह सकारीका व्यवस्थापक तिमिल्सिनाको मृत्यु छोरा विदेश हुदा बुहारी र नाति गए मलामी

Kandara News
प्रकाशित : २०७७ भदौ १२ गते १७:०४

भाद्र -१२ पाल्पा
हाम्रो समाजामा अझै पनि मर्दा पर्दा मलामीको रुपमा पुरुष नै जाने गर्छन तर समाजामा छोराको काम कर्तव्य पूरा गर्न छोरी बुहारी समेत पछि हट्दैन भन्ने कुराको पुष्ठि भयको छ पूर्वखोला गाउपालिकामा ।
पाल्पा को पूर्बखोला गाउपालिका वडा नं ३ रिङ्नेरह मा रहेको रिङ्नेरह कृषी बहुउद्देश्यीय सहकारी संथाका व्यवस्थापक तथा समजसेवी हुम नाथ तिमिल्सिनाको २०७७ भाद्र ११ गते करिब १२ बजे असामयिक निधन भयको थियो। घरमा ९८ वर्षका बुबा लक्ष्मीप्रसाद तिमिल्सिना बृद्ध हुनुहुन्छ र छोरा प्रविन तिमिल्सिना वैदेशिक रोजगरिको शिल शिलाम कतार मा भयको ले मृतक हुम नाथ तिमिल्सिनाको घरको सद्स्य तथा बुहारी सीता तिमिल्सिनाले ससुरा बुबा को अन्तिम दाहा सत्कार गर्न को लागि श्रीमान को प्रतिनिधित्व गर्दै ११ बर्षे छोरा लियर घाट सम्म पुग्नु भयको थियो । सामाजिक ब्याक्तित्व हुम नाथ तिमिल्सिना को पार्थिव शरीर कालिगण्डकी नदि स्थित राम्दी घाटमा ११ बर्षे नाति द्धारा दाग बत्ती दिदै अन्तिम दाहासत्कार गरिएको थियो । विश्व भरिनै कोभिड १९ तथा कोरोना भाइरस माहामारी को रूपमा फलिएकोले छोरा प्रविन तिमिल्सिना तत्काल नेपाल आउन नसक्ने र आउनको लागि केही समय लाग्ने पारिवारिक स्रोत बाट जानकारी प्राप्त भएको छ ।


प्रकाशित : २०७७ भदौ १२ गते १७:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology