जनक राज भण्डारी बने नबदुर्गा माबिका अध्यक्ष

Kandara News
प्रकाशित : २०७७ भदौ १३ गते १२:५१

नब दुर्गा माध्यमीक विद्यालय रामपुर ६ तिलकपुरले विद्यालय व्यवस्थापन समिति पाएको छ ।
लामो समयको छलफल पछी सर्वसम्मतिलेस विद्यालय व्यवस्थापन समिति गठन भएको हो।
निर्वाचित पदाधिकारीहरु जनक राज भण्डारिको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । जसको सदस्यमा तेज ब. कुमाल, कमला बस्ताकोटी, किशोर देवकोटा, माया थापा, मथुरा कंडेल तथा शिक्षक अभिभावक संघको अध्यक्ष बिक्रम राज अधिकारी रहका छन् ।
अहिले अध्यक्ष बनेका जनकराज भण्डारि ३१ बर्षको उमेरमा माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन् उनी अध्यक्ष बनेपछि पहिलो पटक बोल्दै जनजातिको बाहुल्यता भएको बस्ती यहाँका सवै विद्यार्थी अहिले पनि सवै विद्यालय आउदैनन् उनिहरुलाई विद्यालय तह सम्म ल्याउन पहल गर्ने , शैक्षिक गुणस्तर बृद्धि गर्दै सवैलाई विद्यालय तह सम्म ल्याउने आर्थीक पारदर्शीताका साथ विद्यालयमा शैक्षिक तथा भौतिक गुणस्तर बृद्धि गर्ने रहको बताएका छन् ।
दरैँठाटि माबि बाट एसएलसि र मीलेनियम बहुमुखिबाट स्नातक गरेका भण्डारि एक व्यवसायि हुन उनको आफ्नै रामपुर पानि उद्योग रहको छ भने उनि तालपोखरा आर्थिक व्यवस्थापन समितिका संयोजक पनि रहेका छन् । स्यांजाको चापाकोट ७मा पटसारमा करिव ८ बर्ष शिक्षण पेशा छोडेर सामाजिक क्षेत्रमा लागेका छन् ।


प्रकाशित : २०७७ भदौ १३ गते १२:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology