हुमनाथ तिमिल्सिनाको ७ औं पुण्य तिथिमा शोक सभा सम्पन्न

कन्दरा सम्बाददाता / पूर्वखोला
प्रकाशित : २०७७ भदौ १७ गते १७:०५

पाल्पा जिल्ला पुर्वखोला गाउँ पालिका वडा नं ३ निवासी पुर्वखोला कृषि सहकारी संस्थाका ब्यबस्थापक तथा समाजेवी ,हुमनाथ तिमिल्सिनाको सातौं दिनको पुण्य तिथिमा पुर्वखोला कृषि सहकारी संस्था , शिव दुर्गा मन्दिर समिती र नेकपा पुर्वखोला ३ नं वडा कमिटीले संयुक्तरूपमा हालको अवस्थामा अबलम्बन गर्नुपर्ने आवश्यक मापदण्ड पुरा गरीे शोक सभाको आयोजना गरि सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला अध्यक्ष तथा प्रदेश नं ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य , पुर्वखोला गाँउपालिका अध्यक्ष नुन बहादुर थापा , वडा नं ३ का अध्यक्ष निलकण्ठ भट्टराई , शिवदुर्गा मन्दिर समितिका अध्यक्ष निलकण्ठ न्यौपाने ,पुर्वखोला कृषि सहकारी संस्थाका अध्यक्ष बासुदेव न्यौपाने , कुमार राना,नेकपा पुर्वखोला ३ नं वडा कमिटिका अध्यक्ष खुम बहादुर पाटा लगायतको उपस्थिति रहेको थियो।
उक्त शोकसभामा बोल्ने बक्ताहरुले हुमनाथ तिमिल्सिनाले पार्टी र समाजमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै उहाँले पुर्वखोलाको बिकासमा पुर्‍याउनु भएको योगदानलाई आगामी पुस्ताले अनुसरण गर्दै जानू पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश नं ५ का प्रदेश सभा सदस्य नारायण आचार्यले तिमिल्सिना पार्टी र स्थानिय संघ संस्थामा आफ्नो जीवन भर निस्वार्थ रूपमा सकृय रहि पुर्‍याउनु भएको योगदानको कदर गर्दै सम्मान गर्नु पर्ने बताउदै शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गर्नुभएको थियो ।                          सभामा आउनु भएका सम्पुर्ण महानुभावहरुलाई तिमिल्सिना परिवारको तर्फबाट शालिग्राम तिमिल्सिनाले सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


प्रकाशित : २०७७ भदौ १७ गते १७:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology