जल्पामा बारीबाटै मकै चोरी ।

Kandara News
प्रकाशित : २०७७ भदौ १८ गते १४:४९

माधव पाण्डे।।जल्पा।।

पूर्वखोला गाउँपालिकाको वडा नं॰ २,जल्पा,साकिनेमा बारीबाटै मकै चोरी भएको घटना सार्वजनिक भएको छ ।
घटना गत भाद्र १५ गते सोमबार रातीको हो । स्याहार्न ठिक्क परेको मकै बारीबाटै गायब भएपछि स्थानियबासीहरु आश्चार्यमा परेकाछन । स्थानिय सूर्य बहादुर राना र छबिसरा रानाको बारीबाट गरि करिब १५ डोका जति मकै,बोट बाटै भाँचेर लगिएको छ । यसरी एकै रातमा यति ठूलो परिमाणमा मकै चोरी हुनुले घटनामा ४/५ जनाको समूह संलग्न रहेको आशंका गरिएको छ ।
स्थानियबासीले घटना लगत्तै भाद्र १६ गते मंगलबार बिहानै गाउँभरि घरघरमै छापा मारेर खोजतलास गरेपनि मकैको बारेमा केहि पत्ता लगाउन सकेका छैनन । यसबारे वडाअध्यक्ष नीर बहादुर सारुसंग सम्पर्क गर्दा,आफु अहिले कार्यक्षेत्र बाहिर रहेको हुँदा यसबारे बुझ्न नपाएको र कार्यक्षेत्रमा फर्किएपछि घटनाबारे विस्तृत बुझेर आवश्यक प्रक्रिया चलाउने बताउनुभएको छ ।
गतवर्ष पनि स्थानिय दिपक सारुको बारीबाट पिँडालु र मन बहादुर रानाको खोरबाटै खसी हराएको थियो । उक्त घटनाका दोषीहरु समेत अझैसम्म पत्ता नलागेको अवस्थामा यस्ता चोरीका घटनाहरु दोहरीरहेपछि स्थानियहरु चिन्तित बनेकाछन ।


प्रकाशित : २०७७ भदौ १८ गते १४:४९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology