पाल्पामा निषेधाज्ञा हट्ने,अन्तरजिल्ला सिमामा भने कडाइ गरिने !

Kandara News
प्रकाशित : २०७७ भदौ १९ गते १६:५३

भाद्र ४ गते प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको निशेधाज्ञाको अवधी शुक्रबार राती १२ बजे सकिने भएपछि शुक्रबार सम्पन्न कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले निशेधाज्ञा हटाउने निर्णय गरेको हो । बैठकले सीमा नाकामा कडाइ गरि जिल्ला भित्र निश्चित मापदण्ड पुरागरि आन्तरिक गतिबिधि खुला गर्ने निर्णय भएको छ । निशेधाज्ञा सकिएपनि सार्वजनिक यातायातका साधन भने संचालन हुने छैन । ५ सय ८९ कोरोना संक्रमित रहेको पाल्पामा अहिले २४ जना सक्रिय सँङक्रमित छन् ।पाल्पामा भदाै २० गतेदेखी अन्तरजिल्ला (सीमा) कडाइ गरिने भएकाे छ । काेभिड १९ सङ्क्रमण राेकथाम तथा नियन्त्रण जिल्ला समितिकाे शुक्रबार सम्मन्न भएकाे बैठकले आन्तरिक खुला गतिविधि भने खुला गर्ने निर्णय गरेकाे हाे ।

कोरोना भाईरस (COVID-19) को संक्रमण बढ्दै गएता पनि जनजीवन र विकास निर्माणमा परेको असरलाई समेत दृष्टिगत गरी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, पाल्पा (CCMC) को मिति २०७७/०५/१९ को निर्णयानुसार जनस्वास्थ्य र सुरक्षाका तोकिएका मापदण्ड अपनाई अर्को सूचना नभएसम्मको लागि देहाय बमोजिम गर्ने निर्णय भएकोले सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ । यस निर्णयाको उल्लंघन प्रचलित कानून बमोजिम सजयको विषय हुनेछ ।

संचालन हुने सेवा/कार्यहरु
१. सरकारी, सार्वजनिक, बैंक तथा वित्तीय संस्था, बीमा लगायत सबै प्रकारका कार्यालयहरु,
२. स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिक समेत),
३. सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय (उत्पादन देखि विक्री वितरण सम्मका सबै श्रृङखला),
४. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, फोहोरमैला व्यवस्थापन लगायत सबै प्रकारका ढुवानी सेवा,
५. सबै प्रकारका विकास आयोजना र निर्माण कार्य,
६. उद्योग, व्यापार, व्यवसाय, फसल, डिपार्टमेन्ट स्टोर, रेष्टुरेण्टबाट हुने प्याकिङ / टेक अवे सेवा,
७. जिल्ला भित्रमात्र आवगमन गर्ने निजी सवारी साधन जोर विजोर प्रणालीमा (भोली २० गते जोर नम्बरका) सञ्चालन हुनेछन् ।

संचालन नहुने सेवा/कार्यहरु
१. शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन, तालिम केन्द्रहरु)
२. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन
३. सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल तथा स्पा, सैलुन तथा ब्युटी पार्लर,
४. समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र सार्वजनिक स्थानमा हुने पर्व, जात्रा, जमघट,
५. यात्रुबाहक सार्वजनिक वा भाडाका सवारी साधन (पर्यटक सवारी साधन समेत)।

अन्य व्यवस्था
१. सबै सवारी साधनलाई बेलुकी ७:०० बजे देखि बिहान ५:०० बजेसम्म चलाउन रोक लगाइएको छ ।
२. स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेक अन्य सबै प्रकारका पसलहरु बेलुका ५:०० बजेदेखी बिहान ७:०० बजेसम्म बन्द रहनेछन् ।
३. सरकारी, सार्जजनिक र बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरुले संक्रमणको जोखिम तथा भिडभाड नहुने सुनिश्चतता गरी आवश्यकतानुसार कुपन प्रणाली, निश्चित क्षेत्रलाई पालो अनुसार सेवा उपलब्ध गराउने व्यवस्था वा सिफ्टको प्रबन्ध मिलाई सो को लिखित जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउनुपर्नेछ ।

४. अन्तरजिल्ला आवागमनमा रोक लगाइएकोले जिल्लाको सीमा नाका कडाइकासाथ नियन्त्रण गरिनेछ । दमकल, एम्बुलेन्स लगायत सञ्चालन हुने भनी माथि उल्लेख भएका अत्यावश्यक सेवाका साधनहरुमा चालक, सहचालक तथा एम्बुलेन्समा बिरामी र एकजना कुरुवा रहने गरी सहजिकरण गरिनेछ । उद्योग र निर्माण कार्यमा संलग्न कामदार कार्यस्थल भित्रमात्र रहने गरी र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्नेछ । जिल्ला बाहिरबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नेपर्नेछ ।


प्रकाशित : २०७७ भदौ १९ गते १६:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology