{कन्दरा न्युज समाचार प्रभाव} राक्सेको ट्रान्सफर्मर मर्मत भयो

Kandara News
प्रकाशित : २०७७ भदौ २० गते १७:०७

[सुरेश देवकोटा#लाबेबजार]

पूर्वखोला गाउँपालिकाको वडा नं॰ २,जल्पा,राक्सेमा रहेको जीर्ण विद्युत ट्रान्सफर्मर मर्मत भएको छ ।
स्थानिय युवाहरुको सक्रियतामा बुस कटिङ गर्ने क्रममा विद्युतका पुराना काठे पोलहरु कुहिएर जीर्ण अवस्थामा रहेको,तारहरु चुडिन लागेको,ट्रान्सफर्मरमा रहेका फ्युजहरु बिग्रेको अवस्थामा देखिएको लगायतका गुनासो आएपछि गत भाद्र ६ गते कन्दरा न्युजले स्थलगत अवलोकन गरि —धेरै पुराना काठे पोलबाट विद्युत प्रसारणमा समस्या‘ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन भएपछि नेपाल विद्युत प्राधिकरण पाल्पाको ध्यानाकर्षाण भएको थियो । प्राधिकरण पाल्पा शाखाको प्राविधिक टोलीले भाद्र १७ गते विद्युत ट्रान्सफर्मरमा नयाँ फ्युज किट तथा तारहरु फेरेकोछ । तर २०५८ साल तिरै गाडिएका पुराना काठको पोल विस्थापित गर्न नसक्दा दुर्घटनाको जोखिम भने अझै टरेको छैन ।


प्रकाशित : २०७७ भदौ २० गते १७:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology