ताहुँको मुडुली चौपारीमा बोलेरोको ठक्करबाट १ को मृत्युु

अमृत काम्मु मगर
प्रकाशित : २०७७ भदौ २० गते १९:३२

पाल्पाको रम्भा गाउँपालिका वडा नं.-०५,ताहुँ,सेर्काबास, मुडुलिचौपारीमा जीपकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ ।

आर्यभञ्ज्याङ रामपुर सडकखण्डमा आर्यभञ्ज्याङबाट खाद्यान्न सामान लिई रामपुर तर्फ जादै गरेको ना ३ च ८८०८ नं.को बलेरो जीप अनियन्त्रीत भई पैदलयात्री ताहुँ टेमनेका दुर्घटनाग्रस्त जीप६० बर्षको भुपाल सिह रानालाई ठक्कर दिदा मृत्यु भएकाे हाे । दुर्घटना पश्चात् जीप सडकमै पल्टिएको छ ।

गम्भिर घाइते रानाकाे उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र ताहुँ, पाल्पामा पठाईएकोमा उपचारको क्रममा मृत्यू भएकाे प्रहरीले जनाएकाे छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।


प्रकाशित : २०७७ भदौ २० गते १९:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology