प्रदेश सांसद घर्तीको पिसिआर रिपोर्ट नेगेटिभ साम्सदले आफ्नो फेसबुक बाट गराए जानकारी

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ भदौ २० गते २२:५६

भाद्र २०,तानसेन,पाल्पा
प्रदेश नं.-५,प्रदेशसभा सदस्य तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाका सह-ईन्चार्ज तुलाराम घर्ती मगर “बसन्त” को पिसिअार रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला प्रशासन कार्यालय,पाल्पाले जारी गरेको निषेधाज्ञाको समयमा तिनाउ गाउँपालिकाले डुम्रे,चरचरे,केराबारी लगायतका समुदायस्तरमा समेत केही नमुना स्वाब संकलन गरेको थियो । तिनाउ गाउँपालिका-३,दोभानमा बस्दै आउनुभएका सांसद घर्तीको भाद्र १९ गते प्रादेशिक अस्पताल बुटवल,बाट आएको रिपोर्टमा ‘नेगेटिभ’ उल्लेख छ । सामाजिक सञ्जाल फेसबुक मार्फत सांसद घर्तीले आफ्नो रिपोर्ट सार्वजनिक गर्नुभएको छ । उहाँ गत प्रदेशसभा निर्वाचनमा पाल्पा क्षेत्र नं.-२(ख)बाट विजयी सांसद हुनुहुन्छ ।


प्रकाशित : २०७७ भदौ २० गते २२:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology