नवदुर्गा माबिकाे तर्फबाट बिपत्त परेकाे एक परिवारलार्इ सहयाेग

Kandara News
प्रकाशित : २०७७ भदौ २२ गते २२:२३

रामपुर पाल्पा
पाल्पाको रामपुर नगरपालिका ६ स्थित तिलकपुर नवदुर्गा मावि नजिकै वर्षाले गत साउनमा एक घर भत्किएको थियो । लगातारको वर्षाले जमिन गलेपछि तिलीसरा सूर्यवंशीको दुईतले कच्ची घर रातीको समयमा भत्किएर पूर्ण रुपमा क्षति भएको हो । क्षेति भएको घरका सदस्य सोहि स्कुलको शिक्षीका भएकाले विद्यालय परिवारको तर्फवाट ३२हजार ५ सहयोग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकराज भण्डारिले जानकारि दिनुभएको छ ।

घर भत्किएपछि पिडित दुई जना आमा र छोरीको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेको अबस्थामा केहि राहत होस भनि सहयोग गरेको अध्यक्ष भण्डारिले बताउनु भएको छ । घरमा करिव पाँच लाख बराबरको क्षति पुगेको इलाका प्रहरि कार्यालयले बताएको छ ।

पिडित परिवारलाई बैदेशीक रोजगारबाट आउनु भएका दोरन वस्ताकोटि र विद्यालयका पूर्व शिक्षक एव हाल विद्यालय व्यवस्थापन समितिका सदस्य कमला बस्ताकोटिले ५हजार ५ सहयोग गर्नु भएको हो भने अन्य रकम विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टार्फको तर्फवाट संकलन गरिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपानेले बताउनु भएकोहो । रकम विद्यालयका शिक्षक रिमा सूर्यवशिंलाई प्रधान गरिएको छ ।


प्रकाशित : २०७७ भदौ २२ गते २२:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology