पूर्वखोला गाउँपालिकाले गर्यो सामुदायिक स्तरका व्यक्तिहरुको स्वाब संकलन

माया राना
प्रकाशित : २०७७ भदौ २३ गते १५:१०

पाल्पा,भाद्र २३
गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमण जोखिम निराकरणको लागि समुदाय स्तरमा स्वाब संकलन गर्ने काम भइरहेको छ। धेरै जना सँग बढी प्रभावित व्यक्तित्वहरू,सामाजिक जिम्मेवारीका व्यक्ति,स्वास्थ्य कर्मी,खाद्यान्न,होटल,फेन्सी,गाडी चालक, लगायत अन्य व्यवसायीहरुको स्वाब संकलन गरिएको छ । आज पूर्वखोलाको जल्पा,देवीनगर,र हेक्लाङ वडाहरूमा ,प्रत्येक वडाबाट २५ जनाको दरले संकलन गरिएको छ,भने गाउँपालिका भरि जम्मा १५० जनाको स्वाब संकलन गरि प्रयोगशाला पठाउने पूर्बखोला स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिनुुुुुुभएको छ।


प्रकाशित : २०७७ भदौ २३ गते १५:१०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology