बिकास निर्माणका कार्य सुरु गर्दै प्रदेश सरकार

मायाँ बस्याल
प्रकाशित : २०७७ भदौ २३ गते २१:३०

भदौ १३,
माथागढी गाउँपालिकाका विभिन्न वडा हरुमा प्रदेश सरकार बाट विनीयाेजित बजेटकाे कार्यान्वयन का लागि छलफल कार्य अगाडि बढाइएको छ।
बस्ती बिस्तार याेजनाकालागि विनीयाेजित बजेट ५० लाख बाट माथागढी ३ कसेनीकाे दुई टाेलकाे बाटाे कालाेपत्रे गर्ने निर्णय गरिएको छ, भने माथागढी गाउँपालिका ८ बहादुरपुर ताकातुङ र वडा ७ रहबास जाेड्ने पक्की पुल बनाउन ४ कराेड बजेट विनीयाेजन भएको मा दुईवटा वडा जाेड्ने पक्की पुल बन्ने भएको छ। माननिय नारायण प्रसाद आचार्यले छलफलमा बाेल्दै याेजनालाई पूर्णरूपमा सम्पन्न गर्नमा अाफु प्रतिबद्ध भएको साथै याेजना सञ्चालन र कार्यान्वयनमा स्थानीय उपभोक्ताले विशेष ध्यानाकर्षण गर्नुपर्नेमा जाेड दिनु भएको थियो साथै उक्त बजेट प्रदेश नं. ५ काे पूर्वाधार निर्माण सम्बन्धि शीर्षक बाट बजेट बिनियोजन गरेका कुरा समेत जानकारी गराउनु भएको छ। याेजना छिटोभन्दा छिटो सुरु गर्नेमा अाफु प्रतिबद्ध भएको कुरा समेत जानकारी गराउनु भएको छ ।


प्रकाशित : २०७७ भदौ २३ गते २१:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology