प्रदेश ५ का सांसद आचार्यको कोविड १९ रिपोट नेगेटिभ, सजगता अपनाउन आग्रह

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २५ गते १८:२९

भाद्र २५
प्रदेश ५ का सांसद नारायण प्रसाद आचार्यको कोविड १९ को रिपोट नेगेटिभ देखिएको छ । नेकपा जिल्ला अध्यक्ष समेत रहेका नेता आचार्य आफु निर्वाचित क्षेत्र तथा विकास निर्माणका कार्यको गतिविधिमा स्थलगत निरक्षणमा हुँदा कसैलाई केहि समस्या नपरोस भनेर पिसिआर परिक्षण गरेको सांसद आचार्यले जानकारी गराउनु भयो । लुम्बिनी प्रादेशिक अस्पाताल बूटवलमा गरेको रिपोटमा सांसद आचार्यको कोरोना रिपोट भने नेगेटिभ आएको छ ।

पूर्वखोला गाउँपालिका ३ जन्म स्थल रहेको आचार्य गाविस अध्यक्ष विभिन्न संघ संथाको तथा तत्कालीन् जिल्ला अध्यक्ष रहदै प्रदेश सभामा पाल्पा क्षेत्र न. १ ख बाट प्रत्यक्ष निर्वाचित हूनूभएको थियो ।

कोरोना माहामारीको समयमा सांसद आचार्य विभिन्न ठाउँमा हिडडुल गर्नु भएको थियो आचार्यको कोरोना रिपोट नेगेटिभ आए संगै उहाँसंग संम्पर्कमा रहेका व्यक्तिहरु उहा बाट सुरक्षित हुनुहुन्छ ।

साथै यहाले पाल्पा जिल्लामा स्थानिय स्तरमा कोरोना पोजेटिभ देखिएकाले थप सजगता अपनाउन आग्रह गर्दै फेसबुकमा स्टाटस मार्फत अाग्रहसमेत गर्नु भएको छ ।

 


प्रकाशित : २०७७ भदौ २५ गते १८:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology