रम्भाको पिपलडाँडाक्षेत्रमा निषेधाज्ञा

अमृत काम्मु मगर
प्रकाशित : २०७७ भदौ २५ गते १९:२७

पाल्पाको रम्भा-३,
पिपलडाँडाका विभिन्न स्थानमा ९ जना कोरोना पोजेटिभ संक्रमित फेला परेपछि वडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

पिपलडाँडाको अँगाहाखोला,कुवादी,झेस्काङ,खोकखोला,बग्नासदी लगायतका स्थानमा समुदायस्तरमा संक्रमित फेला परेपछि,स्थिति भयावह हुन सक्ने भन्दै भोलि भाद्र २६ गते बिहान ४ बजेदेखि असोज १ गते साँझ ६ बजेसम्म वडा नं. ३,पिपलडाँडाभर लागु हुने गरि निषेधाज्ञा जारी गरिएको गाउँपालिकाद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाईएको छ ।

निषेधित मितिसम्म सो क्षेत्रमा वडा, कार्यालय,बैंक,अत्यावश्यक बाहेकका सवारीसाधन,होटेल,पसल लगायतका व्यवसायहरुसमेत बन्द रहने विज्ञप्तिमा भनिएको छ । बन्दको पालना भए नभएको अनुगमनका लागि सुरक्षाकर्मीहरुको सहयोगमा ५ जना युवा टोलीसमेत परिचालन गरिने बताइएको छ । वडा क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग भने खुला रहनेछ । संक्रमितहरुको कन्ट्याक्ट् ट्रेसिङ भइरहेको र उनीहरुलाई ताहुँ स्थित आईसोलेसन केन्द्रमा लाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : २०७७ भदौ २५ गते १९:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology