वृद्धा भत्ता कहिले दिन्छ भन्छ कहिले दिन्न – एक भुपु सैनिकको दुखेसो

कन्दरा लेखक प्रतिनिधि
प्रकाशित : २०७७ भदौ २५ गते २०:५९

पाल्पा
नुन बहादुर अहिले ७८ वर्ष पुगे । अहिले उनी तानसेन नगरपालिका वडा नम्बर १ स्थित आफ्नो घरमा बस्छन । हसिला स्वभावका नुन बहादुर आफ्नो जिवनको कहानी अनि भोगाईहरु नया पुस्तालाई सुनाउदै दिन काट्छन । बुढ्यौलीमा दिन काट्न धेरै गाह्रो हुने कुरा उनी सुनाउछन । आफुले जिवनमा गरेको सङघर्सको बारेमा नया पिडिले सुन्दा अनौठो पनि मानछन ।
कन्दरा सहकर्मी ले तयार पारेको यो रिपोट
बिहान उठेर आफ्नो नित्यकर्म सकिएर उनी घर नजिकैको चौतारामा आएर बस्छन । बाजेको गफ सुन्नेहरु पनि चौतारामा भेला हुन्छन । पुर्व भारतिय सैनिकको बात सुन्न भर्ती हुने सपना देखेका ठिटाहरु पनि जम्मा हुन्छन । उनी सधै नया ठिटाहरुलाई कहिले पनि हार खानु हुदैन भन्ने पाठ सिकाउछन । लाहुरेको प्लाटुनमा हुने हरेक गतिविधीको बारेमा कुरा सुनाउछन । उमेरले ७८ वर्ष लागेका राना मगर अझै पनि उहीँ जोसमा कुरा गर्छन । सलुट गर्ने तरिका सिकाउछन ।

रानाको एक मात्रै सन्तान थिए । उनी पनि बम्बईतिर काम गर्दा दुर्घटनामा परेर बितेछन । अहिले नाति मात्रै छ म सङ्ग उसैको साहरामा दिन बित्दै छ भन्दै भावुक पनि हुन्छन कहिले काहीँ । हसिला स्वभावका उनी मगर हो भन्ने उनको बोलीबाट थाहा हुन्छ । बोल्दा बोल्दै कहिलेकाही मगर टोन उनको बोलिमा भेटिन्छ । जिवनको १५ वर्ष मैले फौजको जिन्दगी बिताए अहिले फौजले आफु जस्ता पुर्व सेनाको लागि पैसा बाहेक केही नदिएको गुनासो गर्छ उनी ।

कहिले काहीँ ठिटाहरुले प्रश्न गर्छन लाहुरेहरुलाई केटीहरु कतिको पछि लाग्छन नि बुवा?? हास्दै उनले उत्तर दिन्छन ” एकचोटी लाहुरे भएर हेर अनि थाहा पाउछस” । आफुलाई पनि थुप्रै केटीहरुले बिहेको प्रस्ताव राखेका थिए रे । पेनसन आइसकेपछी पनि कान्छी भएर आउनेको लाइन थियो रे बाजेलाई ।

उनलाई एउटा कुराको भने निकै चिन्ता लाग्छ र त्यो हो वृद्धा भत्ताको । उनी भन्छन “सरकारले कहिले दिन्छु कहिले दिन्न भन्छ म ता हैरान नै भैसके । म पनि त नेपाली हु । पहिला रोजगारी थिएन त्यही भएर पो भर्ती हुन गाको । अहिले त म नेपाली नै होइन झै लाग्न पो थाल्या छ ।”

नुन बहादुर र एउटा पात्र मात्रै हुन । उनी जस्तै लाखौ भुतपुर्व सैनिकहरु अहिले अन्यौलमा छन । सरकारको नया नितीहरुले उनी जस्तै थुप्रै मानिसहरुलाई अन्यौलमा पारेका छन ।


प्रकाशित : २०७७ भदौ २५ गते २०:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology