गुर्जो माहा औषधि समयमै चिनौ। एक पटक अध्यन गरौ

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २५ गते २१:२२

घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी हो गुर्जो, जसलाई अमृता (यसले अमृत समान काम गर्दछ) भनिन्छ । यसको लहरा लामो समय सम्म नसुक्ने हुन्छ ।

लाभहरु:

१. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात- खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।

२. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।

३. किड्नीको दुर्बलता तथा फोहोर -विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या (रोग) हरुमा धेरै लाभ पुऱ्याउँदछ ।

४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।

५. रक्तविकार (रगतको फोहोर खराबी) हटाउँदछ साथै रक्तअल्पता (रगतको कमी ) हुन दिदैन् ।

६. अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।

७. टि.बी. (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

८. गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।

९. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।

१०. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।

११. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।

१२. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।

सेवन गर्ने विधि :
“कच्चा वैद्यको मात्रा , यमपुरीको यात्रा”
त्यसैले विधि तथा मात्रा उमेर , व्यक्तिको अवस्था तथा प्रकृति हेरेर मुल्यांकन गरेर सेवन गर्नुपर्ने भएकोले जडिवुटी प्रयोग गर्दा अनुभवी वैद्यको सल्लाहा र रेखदेखमा मात्र प्रयोग गर्नुहोस्।

१. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।

२. ताजा गुर्जोको लहरा (काण्ड) १० देखि ३० ग्राम सिलौटो (खल) वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।

३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो (गिलोय सत‌) जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।

४. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।

५. हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।

६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।

७. ताजा गुर्जोको सेवनले कम्तीमा ३ -४ महिना भित्र शरीरमा अद्‌भुत परिवर्तन ल्यउँदछ ।

ध्यानदिनु पर्ने कुराहरु :

१. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह , मिश्री , सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।

२. गर्भवती , दुधपान गराइरहेका आमा , ५ बर्ष मुनिका बच्चा , पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।

३. चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ, आदि भनिएको छ। गुर्जो” माहा औषधि समयमै चिनौ।
घर-घरमा गुर्जोको एक लहरा रोपौ,


प्रकाशित : २०७७ भदौ २५ गते २१:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology