जिल्लामा कोरोना संक्रमितको संख्या दिनानु दिन बढदै

सन्तोष बस्याल
प्रकाशित : २०७७ भदौ २७ गते १७:५४

पाल्पा २७ भाद्र । जिल्लामा कोरोना संक्रमितको संख्या दिनानु दिन बढदै गैरहेको अबस्थामा पाल्पामा कोरोना परीक्षण गर्नको लागि पिसिआर मेसिन आएको छ । भैरहवामा रहेको किटजन्य केन्द्रमा रहेको परिक्षण ल्याबमा संकलन गरिएका स्वाब परिक्षण गर्न ल्याबको क्षमताले नसक्दा स्वाब लामो समय देखी होल्डमा रहने गरेका छन । ल्याबमा स्वाब होल्ड हुदा रिपोर्ट कुर्न हप्ता दिन सम्म कुर्नु पर्ने बाध्यता रहेको थियो । पाल्पामा मेशिन भित्रियसंगै समुदायस्तरमा ब्यापकरुपमा परिक्षण हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा पाल्पामा जनप्रतिनिधी देखी समुदायस्तरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । केही दिन अगाडी पाल्पामा कोरोना परीक्षण गर्नको लागि पिसिआर मेसिन स्थापना र ल्याव व्यवस्थापनका लागि सरकारले एक करोड निकासा गरेको थियो ।
पाल्पाको जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको ल्यावमा अत्याधुनिक मेसिन राख्न द्रुत गतिमा काम भैरहेको छ । अहिले भवनको भौतिक संरचना निर्माण भैहरेको र छिट्टै मेशिन जोडी आगामी हप्ता देखी परिक्षण शुरु गरिने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताउनुभयो ।
परिक्षण शुरु भएसंगै पाल्पा लगायत गुल्मी, स्यांगजा, अर्घाखाँची, बाग्लुंग लगाएतका क्षेत्रको कोरोना परीक्षणका लागि सहज हुनेछ ।अहिले पाल्पामा भित्रिएको मेशिन अत्याधुनिक रहेको र मेशिनले एक घण्टामा ९५ वटा सम्म स्वाब परिक्षण गर्न सक्ने हुदा मेशिनले सही ढंगले काम गरे दिनमा ८०० सम्म परिक्षण गर्न सकिने स्वास्थ्य कार्यालयका ल्याब टेक्नििसियन मधुसुधन भट्टराईले बताउनु भयो ।
पाल्पामा पछिल्लो समयमा समुदाय स्तरमा कोरोना फैलिदै गएको छ मेसिन स्थापना भएपछि पाल्पालीलाई समयमै परीक्षण गरेर नतिजा प्राप्त हुन सहज हुने अपेक्ष गरिएको छ।


प्रकाशित : २०७७ भदौ २७ गते १७:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology